आमिर खान र भाइ फैजलबीच विवाद : विवाहबाहिर बच्चा भएको आरोपदेखि परिवारसँग सम्बन्ध विच्छेदसम्म « Khabarhub

आमिर खान र भाइ फैजलबीच विवाद : विवाहबाहिर बच्चा भएको आरोपदेखि परिवारसँग सम्बन्ध विच्छेदसम्म


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउडका चर्चित अभिनेता आमिर खान र उनका भाइ फैजल खानबीचको पारिवारिक विवाद अहिले सबैको ध्यानको केन्द्र बनेको छ ।

लामो समयदेखि पारिवारिक विवादका कारण चर्चामा रहँदै आएका फैसलले यसपटक आफ्नो जीवनका संवेदनशील पक्षहरू सार्वजनिक गर्दै आमिर र परिवारमाथि गम्भीर आरोप लगाएका छन्।

हिजो सोमबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै फैजलले आफ्नै परिवारसँग सम्बन्ध विच्छेदको घोषणा मात्र होइन, आमिरमाथि गम्भीर आरोप लगाए ।

फैसलका अनुसार सन् २००२ मा उनले एक महिलासँग विवाह गरेका थिए तर दुर्भाग्यवश सोही वर्षको डिसेम्बरमै सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेदपछि उनको परिवारले आफ्नै काकीसंग विवाह गर्न दबाब दिएका थिए ।

यति मात्रै होइन, फैजलले पत्रकार सम्मेलनमा दाबी गरे कि आमिरले पहिलो पत्नी रीना दत्तासँग वैवाहिक सम्बन्धमा रहँदा नै बाहिरी सम्बन्ध राखेका थिए । उनले आमिरले ब्रिटिश पत्रकार जेसिका हाइन्ससँग सम्बन्धमा रहेर विवाहबाहिरै बच्चा जन्माएको सनसनीपूर्ण दाबी गरे ।

फैजलले अझै गम्भीर आरोप लगाउँदै भने, “मलाई मानसिक स्वास्थ्यको नाममा औषधी खुवाइयो र करिब एक वर्षसम्म घरमै कैदमा राखियो ।”

यसैबीच, फैजलले आफ्नो इन्स्टाग्राममार्फत परिवारसँगको सम्बन्ध पूर्ण रूपमा तोडिएको घोषणा गरे । उनले लेखे,
“मन त भारी छ, तर नयाँ साहसले भरिएको छु। आज म खुला रूपमा भन्न चाहन्छु- मैले सार्वजनिक नोटिसमार्फत आफ्नो परिवारसँग सबै सम्बन्ध तोडेको छु। यो सजिलो निर्णय होइन, तर मेरो आत्मिक उपचार र विकासका लागि अनिवार्य थियो। अब म स्वतन्त्रताको बाटोमा, इज्जत र आत्म-अन्वेषणको यात्रामा अघि बढ्दैछु- सत्य, सकारात्मकता र अटल मनोबललाई साथ लिएर।”

फैजलका आरोपपछि खान परिवारभित्रको आपसी सम्बन्ध मात्र होइन, आमिरको व्यक्तिगत जीवनसम्बन्धी चर्चा फेरि एकपटक बलिउडमा चर्किएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : १२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले