दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार « Khabarhub

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । बुधबार बिहान निवासमा जनसुनवाईका दौरान उनीमाथि आक्रमण भएको हो । 

मुख्यमन्त्री गुप्ता आफ्नो निवासमा जनतासँग भेटघाट गरिरहेका बेला एक व्यक्तिले उनीमाथि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा एक व्यक्तिले कुराकानीका क्रममा मुख्यमन्त्रीलाई थप्पड हानेको उल्लेख छ । आक्रमणकारीले हात तानेर लछारपछार गर्न खोज्दा मुख्यमन्त्री गुप्ताको टाउको टेबलमा ठोक्किएर चोट लागेको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

भाजपा दिल्लीका अध्यक्ष विरेन्द्र सचदेवाले मुख्यमन्त्री गुप्ताको टाउको टेबलमा ठोक्किएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । ‘ढुंगाले हानिएको भनेर केहीले मनगढन्त कुरा गरिरहेका छन् । हुन सक्छ उहाँको टाउको टेबलको कुरामा लागेको,’ सचदेवाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘त्यो मान्छेले हात समातेर मुख्यमन्त्रीलाई तान्ने प्रयास गरेको थियो ।’ 

दिल्ली विधान सभामा प्रतिपक्षी नेता तथा आमआदमी पार्टीका नेता आतिशीले एक्स (ट्वीट) गर्दै  मुख्यमन्त्री गुप्तामाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गरेकी छन् । 

‘लोकतन्त्रमा असहमति र विरोधको स्थान भए पनि हिंसाका लागि कुनै स्थान छैन । आशा छ– दिल्ली प्रहरीले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नेछ । मुख्यमन्त्री पूर्णतया सुरक्षित हुनुहोला,’ उनले लेखेकी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ३३ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको