दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार « Khabarhub

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । बुधबार बिहान निवासमा जनसुनवाईका दौरान उनीमाथि आक्रमण भएको हो । 

मुख्यमन्त्री गुप्ता आफ्नो निवासमा जनतासँग भेटघाट गरिरहेका बेला एक व्यक्तिले उनीमाथि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रकाशित समाचारहरूमा एक व्यक्तिले कुराकानीका क्रममा मुख्यमन्त्रीलाई थप्पड हानेको उल्लेख छ । आक्रमणकारीले हात तानेर लछारपछार गर्न खोज्दा मुख्यमन्त्री गुप्ताको टाउको टेबलमा ठोक्किएर चोट लागेको छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

भाजपा दिल्लीका अध्यक्ष विरेन्द्र सचदेवाले मुख्यमन्त्री गुप्ताको टाउको टेबलमा ठोक्किएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । ‘ढुंगाले हानिएको भनेर केहीले मनगढन्त कुरा गरिरहेका छन् । हुन सक्छ उहाँको टाउको टेबलको कुरामा लागेको,’ सचदेवाले बीबीसी हिन्दीसँग भनेका छन्, ‘त्यो मान्छेले हात समातेर मुख्यमन्त्रीलाई तान्ने प्रयास गरेको थियो ।’ 

दिल्ली विधान सभामा प्रतिपक्षी नेता तथा आमआदमी पार्टीका नेता आतिशीले एक्स (ट्वीट) गर्दै  मुख्यमन्त्री गुप्तामाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गरेकी छन् । 

‘लोकतन्त्रमा असहमति र विरोधको स्थान भए पनि हिंसाका लागि कुनै स्थान छैन । आशा छ– दिल्ली प्रहरीले दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नेछ । मुख्यमन्त्री पूर्णतया सुरक्षित हुनुहोला,’ उनले लेखेकी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ३३ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा