लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे « Khabarhub

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन् । 

‘कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक  साधारणसभामा उनले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्‌याएर स्वागत गर्न सरकार तयार छ’, उनले भने। 

उनले सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा असुल नगर्न मन्त्री पाण्डेले आग्रह गरे। 

‘एकपटक आएको मान्छे पटकपटक आउने गरी राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापनतर्फसँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गरे।’, थकाली खाना लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार हो’, उनले भने। 

मन्त्री पाण्डेले कलंकी– कोटेश्वर–स्वयम्भू आसपासका होटेल र गेष्ट हाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एशोसिएशनमा हाल एक सय पाँच होटल तथा गेष्ट हाउस सदस्य रहेका छन् । 

संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : २४ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा