माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प « Khabarhub

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ । 

सात वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् । 

रङ्गशाला निर्माणका लागि हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपूरक अनुदानमार्फत रु चार करोड आठ लाख २३ हजार खर्च भएको छ । सो रकमबाट चार चरणमा पर्खाल, प्याराफिट र रेलिङ निर्माणको काम सम्पन्न भएका छन् । नगरपालिकाका इन्जिनियर क्षितिज दाहालका अनुसार अहिलेसम्म समग्रमा रङ्गशालाको करिब १० प्रतिशत काम मात्र भएको छ ।

समपूरक अनुदानमार्फत रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७६-७७ मा एक करोड ३६ लाख, आव ०७७-०७८ मा ८४ लाख १९ हजार, आव ०७८-०७९ मा रु ८४ लाख १९ हजार र आव २०७९-८० मा रु एक करोड दुई लाख ९८ हजार विनियोजन भएको थियो । पछिल्लो तीन आर्थिक वर्षदेखि भने कुनै बजेट विनियोजन हुन सकेको छैन ।

कोशी प्रदेश सरकारसँग पटकपटक बजेट माग गर्दा सुनुवाइ नभएकाले रङ्गशालाले पूर्णता पाउन नसकेको इलाम नगरप्रमुख केदार थापाले बताए। ‘रङ्गशाला निर्माणका लागि हामीले प्रदेश सरकारसँग पटक पटक माग गरेका छौँ । तर सुनुवाइ भएको छैन’, उनले भने, “नगरपालिकाले एक्लैले बनाउन सक्दैन, माथिल्लो सरकारको सहयोगविनाको विकल्प छैन ।’

करिब एक सय २० रोपनी क्षेत्रमा बन्ने यो रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार निर्माण सम्पन्न गर्न करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणले पूर्णता पाएपछि फुटबल र क्रिकेटसहितका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न जिल्लावासी आशावादी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३० बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै