कांग्रेस-एमालेलाई ‘धिक्कार्दै’ राप्रपा सांसदले भनिन्- खाली कागजमा सही गराउने कस्ता पार्टी, कस्ता माननीय ? « Khabarhub

कांग्रेस-एमालेलाई ‘धिक्कार्दै’ राप्रपा सांसदले भनिन्- खाली कागजमा सही गराउने कस्ता पार्टी, कस्ता माननीय ?


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लेसंवैधनिक परिषद्‍मा बहुमत नपुगेपछि उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तापक्षले हस्ताक्षर संकलन गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राप्रपा सांसद सांसद डा. रोशन कार्कीले कांग्रेस–एमालेमाथि संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुख रानामगरलाई हटाउने प्रयासस्वरूप हस्ताक्षर संकलन गरिएको भन्दै आपत्ति जनाइन् ।

‘हिजो दिनभर नौटंकी देखियो । एमाले र नेपाली कांग्रेसहरूले आफना् माननीयज्यूहरूलाई खाली कागजमा सही गराएको भन्ने खबर सुनियो । यो के को लागि भन्दा उपसभामुखलाई महाअभियोग लगाउने रे,’ उनले भनिन्, ‘उहाँहरूलाई संवैधनिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आसेपासेलाई नियुक्तिका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुरा चल्यो । कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराएका छन् । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् ।’

सांसद कार्कीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई कांग्रेस–एमालेले संरक्षण गरेको पनि आरोप लगाइन् ।

‘आफ्ना गृहमन्त्री जो भिजिट भिसामा धन्दा गरिराख्नुभएको छ, कमाउने भाँडो बनाउनुभएको छ,’ उनले भनिन्, ‘त्यसलाई चाहिँ बचाउने ।’

त्यसपछि अघिल्लो बैठकमा झैँ रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् बैठक बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३८ बजे

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर