खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग « Khabarhub

खुम बहादुर बिकलाई प्रचण्डको आर्थिक सहयोग


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र, एकान्तकुनामा उपचार गरी स्वास्थ्य लाभ गरेका खुम बहादुर बिकलाई आर्थिक सहयोग गरेका छन् ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र म्याग्दी–काठमाडौं सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई  अक्षेरूपी २ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

जनमुक्ति सेनामा समेत सक्रिय रहेका खुम बहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारी गरेका छन् ।

सो अवसरमा अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै  यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ५२ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै