सांसद ढकालको माग : मुक्त कमैयाको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गर्नुपर्छ « Khabarhub

सांसद ढकालको माग : मुक्त कमैयाको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गर्नुपर्छ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त कमैया परिवारले पाएको जग्गाधनी पुर्जा (लालपुर्जा)लाई अन्य नेपाली नागरिक सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले मुक्त कमैया परिवारले प्राप्त गरेको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गरेर आम नेपाली सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताएका हुन् । 

बाँके–१ का सांसद ढकालको भनाइ जस्ताको त्यस्तै– 

छोरा र नातिले हामी गरिब र मुक्त कमैया भएकै कारणले राज्यले विभेद गरिरहेको छ भनिरहेका छन् । राज्यले विभेद गर्न पाइँदैन । त्यसकारण आजभन्दा १८ वर्ष अगाडि मुक्त कमैयाहरूले प्राप्त गरेको लालपुर्जा अरू नेपालीले सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । 

सरकारले विभिन्न समयमा मुक्त कमैयाहरूलाई आयोगहरूमार्फत जग्गाधनी लालपुर्जा उपलब्ध गराएको थियो । उपलब्ध गराएको लालजुर्पामा लेखिएको छ– उक्त जग्गा १० वर्षसम्म बिक्रीवितरण, अंशबण्डा, बैंकिङ कारोबार गर्न पाइने छैन । 

कुनै लालपुर्जामा वर्ष तोकिएको छैन । उक्त लालपुर्जा प्राप्त गरेको आज १८ वर्षभन्दा बढी भइसकेको छ । १८ वर्षमा सोभ, जीवनशैली, पारिवारिक स्थिति र चेतनामा धेरै परिवर्तन आइसकेको छ । 

उमेर पुगेको कारणले कतिका बुवा र आमाको मृत्यु भइसकेको अवस्था छ । छोराछोरीको विवाह भएर नाती–नातिना जन्मिसकेका छन् । तर, बाबुको नाममा भएको जग्गा नामसारी, अंशबण्डा र बैंकमा धितो राखेर कारोबार गर्न पाइँदैन । 

छोरा र नातीले हामी गरिब र मुक्त कमैया भएकै कारणले राजयले विभेद गरिरहेको छ भनिरहेका छन् । राज्यले विभेद गर्न पाइँदैन । त्यसकारण आजभन्दा १८ वर्ष अगाडि मुक्त कमैयाहरूले प्राप्त गरेको लालपुर्जा अरू नेपालीले सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउन म सभामुखमार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : १२ बजे

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै