अन्नपूर्ण गाउँपालिकाका योजनाको निर्माणअवधि लम्बियो | Khabarhub Khabarhub

अन्नपूर्ण गाउँपालिकाका योजनाको निर्माणअवधि लम्बियो


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेका गौरवका आयोजना अधुरा छन् । समयमा काम हुन नसक्दा योजनाको निर्माणअवधि लम्बिएको मात्र छैन नागरिकले सेवा सुविधा उपभोग गर्न पाएका छैनन् । 

आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन भएका सेकार्कु तातोपानी, रुप्से झरना पूर्वाधार निर्माण र खिवाङ–घराम्दी सडक निर्माण योजना पूरा हुन नसकेका हुन् । अघिल्लो आर्थिक वर्षदेखि नै सुरु भएका प्रभा मावि नारच्याङ र पाउद्धार माविको भवनले पनि पूर्णता पाउन सकेको छैन । 

कालीगण्डकी निर्माण सेवाले २०८१ असार ६ गते एक करोड १७ लाख ८४ हजार ६३० रुपैयाँमा ठेक्का सम्झौता गरेको सेकार्कु तातोपानी कुण्डको पूर्वाधार निर्माण योजनाको ५४ प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाका सबइञ्जिनियर करिम मुल्लाह मियाँले बताए । 

उनका अनुसार सुन्दर निर्माण सेवाले २०८१ साल जेठ ३० गते रुप्से झरनामा पूर्वाधार निर्माणका लागि रु तीन करोड २२ लाख ७० हजार ७७८ मा ठेक्का सम्झौता गरेको योजनाको ४६ प्रतिशत प्रगति भएको छ । 

निर्माण कम्पनीले ५५ लाख ४० हजार ८८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको खिवाङ–घराम्दी सडक योजनाको ५५ दशमलव ५१ प्रतिशत भौतिक प्रगति भएको छ । आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य पूरा सेकार्कु तातोपानी, रुप्से झरना, खिवाङ–घराम्दी सडकको म्याद थपिएको छ । 

विसं २०८१ जेठ १७ गते निम्बेल/कृपेश जेभीले तीन करोड ६१ लख ८३ हजार २८१ रुपैयाँमा ठेक्का पाएको योजनाको हालसम्मको भौतिक प्रगति २२ प्रतिशत छ । आव २०८०/८१ देखि सुरु भएको दाना स्वास्थ्यचौकीको भवन निर्माणले गत आवमा पूर्णता पाएको छ । 

 तीन करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भई आव २०८०/८१ देखि सुरु भएको प्रभा माविको पूर्वाधार निर्माण योजनाको बजेटले गत वर्ष निरन्तरता नपाउँदा पूर्णता पाउन सकेन । २० लाखभन्दा बढी बजेट विनियोजन भएको र ठेक्कामार्फत सञ्चालित मध्य बैसरी–हल्लेखर्क–कुरमुनि खानेपानी योजना र राम्चे वडा कार्यालयको भवनमात्र सम्पन्न भएको छ । 

प्रतिकूल भूगोल, निर्माण व्यवसायीले समयमा काम नगर्ने प्रवृत्ति र दरबन्दीअनुसारका प्राविधिक जनशक्तिको कमीलगायत कारणले योजना कार्यान्वयनमा चुनौती सृजना भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। 

अन्नपूर्णमा गत वर्ष एक सय ३४ वटा योजना कार्यान्वयन भएकामध्ये रु पाँच लाखसम्म बजेट विनियोजन भएका योजनाको सङ्ख्या ७४ वटा थिए । गाउँपालिकास्तरीय १२ र वडास्तरीय एक सय २२ वटा योजना कार्यान्वयन भएको गाउँपालिकाका प्रशासकीय अधिकृत भगवती कटुवालले बताइन् । 

उनका अनुसार ५० लाखभन्दा बढी बजेटका चार, २५ देखि ५० लाख बजेटका तीन र पाँचदेखि २५ लाख बजेटका ५३ वटा योजना कार्यान्वयन भएका थिए । ठूला योजना कार्यान्वयन फितलो हुँदा गाउँपालिकाको गत आर्थिक वर्षको पुँजीगततर्फको प्रगति ५० दशमलव ३७ प्रतिशतमात्र छ । पुँजीगत शीर्षकमा १९ करोड ९१ लख ५३ हजार विनियोजन भएकामा  १० करोड तीन लाख चार हजार अथवा ५० दशमलव ३७ प्रतिशतमात्र खर्च भएको हो । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : २२ बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै