नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने « Khabarhub

नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्न लागिएको जनाएको हो । 

इन्धन डिपो निर्माणका लागि काठमाडौं विश्वविद्यालयले तयार गरेको डिपिआर निगमलाई हस्तान्तरण समेत गरिएको छ ।

परियोजनाको ११ विघा जमिन खरिद गरिएको र थप साढे ८ बिगाहा पर्ती जग्गालाई निगमको स्वामित्वमा ल्याउन गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत पहल भइरहेको निगमले जनाएको छ । 

उक्त परियोजनाका लागि कर बाहेक कुल ५ अर्ब ७९ करोड ३० लाख ८४ हजार ९४९ रुपैयाँ ५६ पैसा लागत अनुमान गरिएको नेपाल आयल निगमका भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख प्रदीप कुमार यादवले बताए  । निर्माण हुने नयाँ डिपो अत्याधुनिक र सुविधा सम्पन्न हुने उनले जानकारी दिए । 

हाल रुपन्देहीको भलवारी डिपोमा पेट्रोल ५१९ किलोलिटर, डिजेल  ३ हजार ४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्ने क्षमता छ । 

नयाँ बन्ने डिपोमा ४५०० किलोलिटर क्षमताका तीन वटा डिजेलको भर्टिकल ट्याङ्क, २१०० किलोलिटर क्षमताका २ वटा तथा ७६० किलोलिटर क्षमताको पेट्रोल ट्याङ्क र ७६ किलोलिटरमा ३ वटा मट्टितेलका भर्टिकल ट्याङ्क रहने निगमले जनाएको छ । 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ५ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली