एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ « Khabarhub

एमालेमा फेरि उठ्दै उमेर हदको कुरा, चितवनका नेताहरूले भने : भ्रातृसंगठनको नियम पार्टीमा पनि लागु गरौँ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा (एमाले) चितवन जिल्ला कमिटीको बैठकमा भ्रष्टाचार र अनियमिततामा मुछिएका नेता-कार्यकर्ताको संगठित सदस्यता खारेज गर्नुपर्ने विषय उठेको छ ।

माले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यका आइतबार र सोमबार भरतपुरमा बसेको जिल्ला कमिटीको बैठकमा उक्त कुरा उठेको हो ।

‘जिल्ला कमिटी पदाधिकारीमा १ जना ४० वर्षमुनिका युवा अनिवार्य गराउनुपर्ने कुरा उठेको छ । त्यस्तै भ्रष्टाचारमा संलग्नबारे कठोर हुनुपर्ने कुरा पनि आएको छ । भ्रष्टाचारमा मुछिएर विवादित नेता-कार्यकर्ताको सदस्यता खारेज गर्ने व्यवस्था गर्नुपर्ने सुझाव प्राप्त भएको छ ’, उनले भने ।

बैठकमा समाजवादी मोडलमा जाने स्पष्ट योजना लगायत कुरा विधानमा राख्नुपर्ने जिल्ला कमिटी चितवनका नेताहरूले सुझाव दिएका उनले बताए ।

विधानमा संसोधन गरी १ पार्टी सदस्य र अर्को पार्टी संगठित सदस्य बन्न पाउने व्यवस्था गर्नुपर्ने, पार्टी जिल्ला कार्यालय सचिव निर्वाचित भएर आउने व्यवस्था गनुपर्ने, पार्टी जिल्ला पदाधिकारीले विभिन्न विभागको जिम्मा नलिने र त्यसको जिम्मा सचिवालय सदस्यलाई दिने व्यवस्था गर्नुपर्ने पनि कुरा पनि नेताहरूले उठाएका छन् ।

युवा र विद्यार्थीमा उमेरको हद राखिसकेपछि पार्टीमा पनि उमेर हद राख्दा राम्रो हुने लगायतका सुझाव जिल्ला कमिटीका नेताहरूले दिएका छन् ।

बैठकमा भदौ २२–२४ गते ललितपुरको गोदावरी हलमा हुने विधान अधिवेशनका लागि यी सुझाव आएका हुन् । जिल्लाले पठाएका सल्लाह र सुझावबारे विधान अधिवेशनमा छलफल हुने एमालेले जनाएको छ ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार बैठकमा जिल्ला कमिटीका नेताहरूले विधान संशोधनबारे सुझाव दिए ।

उनीहरूले पूर्वराष्ट्रपतिलाई संविधानमै पार्टी राजनीति गर्न नपाउने प्रष्ट व्यवस्था गर्नुपर्ने पनि सुझाएका छन् । पार्टीमा दोश्रो तहका नेताले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने बताउँदै उनीहरूले त्यसले कोही पनि विवादित बन्नु नपर्ने सुझाएको आचार्यले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ०२ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ