रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ « Khabarhub

रवि भेटेपछि प्रचण्डले भने- अलिक दुब्लाउनु भएछ, अनुहार राम्रै देखेँ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बुधबार साँझ नख्खु कारागारमा पुगेर प्रचण्डले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग कारागारको बसाइ र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

रविले त्यसक्रममा आफूलाई भैरहवा कारागारमा गोलघर भित्रजस्तै राखिएको बताएका थिए । अहिले नख्खुमा आफूलाई धेरै सहज भएको जवाफ रविले दिएको प्रचण्डले बताएका छन्। भैरहवाको बसाइले रविको अवस्था जटिल भएर उनी दुब्लाएको आफूले महसुस गरेको प्रचण्डले सुनाए ।

‘भैरहवामा उहाँको स्वास्थ्य बिग्रिएको रहेछ। तर यहाँ आएपछि सुधार हुँदैछ भन्नुभयो’, प्रचण्डले भने, ‘उहाँ अहिले दुब्लाउनु भएको छ। अनुहार भने राम्रै देखिन्छ।’

लामिछानेलाई गत साउन ३१ गते भैरहवा कारागारबाट अड्डासार गरेर नख्खु कारागार ल्याइएको थियो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा उनी २०८१ चैत २५ गतेदेखि भैरहवा कारागारमा थिए ।

लामिछानेले अड्डासारको निवेदन दिएपछि उनलाई ललितपुरमा सारिएको हो । सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा उनलाई चैत २५ गते भैरहवा कारागार चलान गरिएको थियो ।

लामिछानेले गत जेठ १४ गते नै रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले पनि जेठ १६ गते अड्डासारको अनुमति दिएको थियो । तर सरकारले सुरक्षा व्यवस्थापनमा समस्या देखाएर समय लगाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ४१ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य