देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ « Khabarhub

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिसभामा देउवाले जनताले विश्वास गरेका कारण आफू पटक पटक प्रधानमन्त्री हुन सफल भएको बताएका हुन् । उनले पार्टीका सांसदहरू र सबै पार्टीले सहयोग गरेर नै प्रधानमन्त्री भएको जिकिर गरे ।

आफू डडेलधुराबाट चुनाव लड्दा आफुविरुद्ध धेरै पार्टी लागे पनि जनताले आफूलाई नै जिताएको उनले बताए । सभापति देउवाले जनताभन्दा ठूलो केही नभएकाले जनताको सेवामा लाग्न आग्रह गरे । 

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले विद्रोहलाई शान्ति प्रक्रियामा बदल्न सक्ने सामर्थ्य राख्ने दलहरू नेपालमा रहेको भन्दै उनीहरू अयोग्य हुन नसक्ने जिकिर गरे । 

उनले कांग्रेसभित्र शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर उदेक प्रश्न आउने गरेको धारणा राखे । प्रधानमन्त्री भन्ने पालोको कुरा नभई पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको उनले बताए  । 

त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले पुराना दलहरूमाथि प्रश्न उठ्ने गरेको भन्दै अव पार्टी र नेताहरूले आफूलाई समायानुकुल परिष्कृत गर्न सक्नुपर्ने बताए ।

अहिलेको लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउँदै अघि बढ्न सके मात्रै जनताको विश्वास हासिल गर्न सकिने उनले बताए । कार्यक्रममा दलका नेताहरूले समाजवादी चिन्तक स्व. प्रदीप गिरीको योगदानको चर्चा गरेका थिए । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ६ : ५० बजे

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान

नेपालका लागि चीनको चार बुँदे ‘रोड म्याप’ले भारतमा चर्चा पायो

काठमाडौं- चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको