देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ « Khabarhub

देउवाले भने- जनताले विश्वास गरेकैले यहाँसम्म आइपुगेँ


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले विश्वास गरेका कारण आफू अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिसभामा देउवाले जनताले विश्वास गरेका कारण आफू पटक पटक प्रधानमन्त्री हुन सफल भएको बताएका हुन् । उनले पार्टीका सांसदहरू र सबै पार्टीले सहयोग गरेर नै प्रधानमन्त्री भएको जिकिर गरे ।

आफू डडेलधुराबाट चुनाव लड्दा आफुविरुद्ध धेरै पार्टी लागे पनि जनताले आफूलाई नै जिताएको उनले बताए । सभापति देउवाले जनताभन्दा ठूलो केही नभएकाले जनताको सेवामा लाग्न आग्रह गरे । 

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले विद्रोहलाई शान्ति प्रक्रियामा बदल्न सक्ने सामर्थ्य राख्ने दलहरू नेपालमा रहेको भन्दै उनीहरू अयोग्य हुन नसक्ने जिकिर गरे । 

उनले कांग्रेसभित्र शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर उदेक प्रश्न आउने गरेको धारणा राखे । प्रधानमन्त्री भन्ने पालोको कुरा नभई पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको उनले बताए  । 

त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले पुराना दलहरूमाथि प्रश्न उठ्ने गरेको भन्दै अव पार्टी र नेताहरूले आफूलाई समायानुकुल परिष्कृत गर्न सक्नुपर्ने बताए ।

अहिलेको लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउँदै अघि बढ्न सके मात्रै जनताको विश्वास हासिल गर्न सकिने उनले बताए । कार्यक्रममा दलका नेताहरूले समाजवादी चिन्तक स्व. प्रदीप गिरीको योगदानको चर्चा गरेका थिए । 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ६ : ५० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली