गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू) « Khabarhub

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडि स्थानीय सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।

लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको ( गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।

अजिरकोट गाउँपालिकाको ‘एक वडा एक कृषि फर्म’ कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा २ नम्बर वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परिक्षण उत्पादन भएको बताए ।

पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनको भनाइ छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १० : २२ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद