गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू) « Khabarhub

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडि स्थानीय सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।

लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको ( गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।

अजिरकोट गाउँपालिकाको ‘एक वडा एक कृषि फर्म’ कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा २ नम्बर वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परिक्षण उत्पादन भएको बताए ।

पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनको भनाइ छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १० : २२ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व