जलाएर खण्डहर कोइराला निवास पुग्दा स्तब्ध भए शेखर « Khabarhub

जलाएर खण्डहर कोइराला निवास पुग्दा स्तब्ध भए शेखर


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जेन-जीका नाममा जलाएर ध्वस्त बनाइएको विराटनगरस्थित कोइराला निवास पुग्दा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भावुक भएका छन्।

जेन-जी आन्दोलनको नाममा अराजक समूह छिरेर कोइराला परिवारसँगै नेपाली प्रजातन्त्रको विरासत कोइराला निवासमा गत भदौ २४ गते आगजनी गरेर ध्वस्त पारिएको थियो ।

अराजक समूहले मच्चाएको विध्वंशको आगोले नेपाली राजनीतिको एउटा इतिहास मेटिएको छ। त्यही मेटिएको एउटा इतिहाससामु शनिबार डा. कोइराला पत्रकारहरूसहित पुग्दा भावुक भए, उनका आँखामा आँसु छचल्किए ।

डा. शेखरले कोइराला निवासमा बाल्यकाल बिताएको कोठा ध्वस्त भएकोफ देख्दा भावुक भए । उनले जलाएर खरानी बनाइएको लोकतान्त्रिक आन्दोलनको केन्द्रका रुपमा परिचित कोठा पनि हेरे । भित्तामा टाँसिएका पुराना तस्बिर, जलेका फर्निचर र भत्किएको भवनतिर नजर पुग्दा उनका आँखा टिल्पिलाएका थिए ।

जेन-जीका नाममा ध्वस्त पारिएको कोइराला निवासको पर्खा, जलेको फर्निचर र खरानीको थुप्रोमाथि उभिएका शेखरले बाल्यकाल, लोकतान्त्रिक आन्दोलनको इतिहास र वर्तमान राजनीतिक दायित्वबारे चर्चा गरे ।

यसअघि डा. कोइराला काठमाडौँबाट विराटनगर उत्रिँदा विमानस्थलमा झुम्मिने पत्रकारहरू जलेर ध्वस्त भएको कोइराला निवासमै पुगेका थिए ।

शेखर आउने खबरले खरानी भएको कोइराला निवासमै पत्रकारदेखि कांग्रेसका दर्जनौँ कार्यकर्ता जम्मा भएका थिए । शेखरले खण्डहर बनेको कोइराला निवासमा पाइला राखेसँगै त्यहाँको माहोल भावपूर्ण देखियो । नेपालको लोकतान्त्रिक आन्दोलनको धरोहरका रुपमा रहेको करिब एक सय वर्ष लामो इतिहास बोकेको निवासको त्यो बेहाल देख्दा शेखरका आँखामा आँसु छचल्किए ।

उनले आफू हुर्किएको मात्रै नभएर लोकतान्त्रिक इतिहासको धरोहर ढलेको देख्दा स्तब्ध भएको सुनाए । ‘म यही थलोमा जन्मिए । यही हुर्किएँको थिए । यहीँबाट पढेर डाक्टरसमेत बने’, विगत सम्झिएका उनले भने, ‘यो धरोहर मेरो व्यक्तिगत सम्पत्ति मात्रै थिएन, लोकतन्त्रको एक स्तम्भका रुपमा उभिएको थियो ।’

लोकतन्त्रको एक धरोहरलाई खरानी बनाइएको भन्दै उनले फेरि उठ्ने प्रण गरे । ‘आज आएर यो धरोहराई खरानी बनाइयो, हामी फेरि यहीँबाट उठ्नेछौँ’, उनले भने, ‘यही खरानीबाटै हामी उठ्ने छौँ, यहीँबाट मैले संकल्प गरेँ ।’

उनले जेन-जीका नाममा गरिएको विध्वंशलाई विनाश मात्रै नभएर पुस्तागत असन्तुष्टिको नतिजा भनेकमा छन् । जेन-जीले गरेका प्रश्नलाई समयमै आत्मसात गर्न नसकेकै कारण दल र नेतालेसमेत धक्का भोग्नुपरेको उनले बताए ।

उनले आन्दोलनपछि बनेको सरकारको कार्यभार चुनाव मात्रै भएको बताए । ‘अहिलेको सरकार निर्वाचनका लागि मात्रै बनेको हो । अब संम्यमसहित दम्भ र डरबिना निर्वाचनमा जानुपर्छ ।’

जेन-जी आन्दोलनले संविधानलाई नै संकटमा पारेको बताउँदै त्यसमा राष्ट्रपति रामचन्द्र पौडेको भूमिका निर्णायक रहेको बताए । संसद् विघटन संविधानसम्मत नठहरिए पनि तत्कालीन जटिल परिस्थितिमा ‘ड्यामेज कन्ट्रोल’ गर्न सफल भएको उनको भनाइ थियो । ‘हामीले चाहेजसरी सबै कुरा संविधानसम्मत हुन सक्दैनन् । राष्ट्रपतिले न्यूनतम् क्षतिसहित चुनावको बाटो देखाउनुभएको छ। अबको हाम्रो कार्यभार त्यही हो,’ शेखरले भने ।

कोइरालाले जेन-जी आन्दोलनका क्रममा गोली नचलाउने सरकारको आदेशबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको वक्तव्य रदेशभरकोको अराजकताबारे गम्भीर छानबिन हुनुपर्ने बताए ।

‘त्यस दिन काठमाडौँसहित दिभर देश जल्यो । यसको सत्यतथ्य छानबिन हुनुपर्छ’ कोइरालाले जेन-जीलाई पनि प्रश्न गर्दै भने, ‘दुई दिनको आन्दोलनपछि तपाईंहरू पन्छिन सक्नुहुन्छ ? माग के कस्ता थिए ? नेताको उमेरमाथि प्रश्न गर्दा अहिलेको मन्त्रिपरिषद्का सदस्यको पनि उमेर पनि हेर्नुपर्ला ।’

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : २७ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका