हर्क नेतृत्वको धरानले तीन महिनापछि ल्यायो २ अर्ब २० करोड ७४ लाखको बजेट « Khabarhub

हर्क नेतृत्वको धरानले तीन महिनापछि ल्यायो २ अर्ब २० करोड ७४ लाखको बजेट


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

सुनसरी- भाइरल भइरहने मेयर हर्क साम्पाङ नेतृत्वको धरान उपमहानगरपालिकाले तीन महिनापछि चालु आर्थिक वर्ष २०८२–०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट ल्याएको छ।

शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् ।

उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमानसहितको बजेट ल्याएको छ ।

विनियोजित विवरणमा सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा धेरै ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदका लागि ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ७ करोड, सामाजिक विकासका लागि ४ करोड ८६ लाख, वन, वातावरण, ऊर्जा र विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख, आर्थिक विकासलाई १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख छुट्याइएको छ ।

धरानका २० वटै वडाका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर कार्यपालिकातर्फ निसर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, सर्तसहितको अनुदान ६० करोड ५६ लाख, समपूरक बजेट १ करोड ८२ लाख र विशेष अनुदान ५ करोड ४३ लाख विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा धरान उपमहानगरपालिकाले १ अर्ब ९१ करोड २७ लाख १८ हजार रुपैयाँ आय आर्जन गरेको थियो । असार मसान्तसम्ममा १ अर्ब ५२ करोड ३२ लाख खर्च गरेको विवरण छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ४९ बजे

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले

पौवादुङमाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन

तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि