बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक विमोचन « Khabarhub

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक विमोचन


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल-चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ पुस्तक चीनको राजधानी बेइजिङमा विमोचन गरिएको छ।

शनिबार बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा एक समारोह आयोजना गरी विमोचन गरिएको यो पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्तावेज हो।

नेपाली दूतावाास तथा नेपाल–चीन मिडिया मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा ५० भन्दा बढी चिनियाँ प्राज्ञहरूको उपस्थिति थियो।

चीनका विभिन्न विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका ती चिनियाँ प्राज्ञहरूले दुई देशबीचको मैत्री सम्बन्धमा यो पुस्तक एउटा कोशेढुंगाका रूपमा स्थापित हुने भन्दै प्रशंसा गरेका छन्।

चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले कार्यक्रममा पाहुनालाई स्वागत मन्तव्य राख्दै दूताबासले यस्तो गहन पुस्तकको विमोचन गर्न पाउनु गौरवमय रहेको बताए ।

उनले नेपाल र चीनबीचका ७० वर्षका महत्वपूर्ण उपलब्धिलाई लिपिवद्ध गरेकामा नेपाल चीन मिडिया मञ्च र यसका अध्यक्ष किशोर श्रेष्ठप्रति आभार प्रकट गरे।

यस पुस्तकले वर्तमान र भावी पुस्तालाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनापछिका महत्वपूर्ण खुड्किलाहरू राखेर इतिहासलाई जिबन्त राखेको उनले बताए ।

पुस्तकमाथि मन्तव्य राख्दै कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालबीचमा चासो राख्ने सबैका लागि यो पुस्तक राम्रो र आधिकारिक स्रोत भएको बताए। नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले पुस्तक दुवै देशका पाठकलाई सहज भएको उनको धारणा थियो।

सियामन विश्वविद्यालयका प्रोफेसर चियाङ सियाओसियानले महत्वपूर्ण घडीमा पुस्तक प्रकाशन भएको भन्दै चीन र नेपालबीचका विभिन्न घुम्तीहरूलाई पुस्तकले समेटेको र अध्येताका लागि संकलनयोग्य रहेको भन्दै पुस्तकको प्रसंशा गरे ।

अर्का वक्ता युन्नान अन्तर्राष्ट्रय अर्थ, व्यापार तथा सांस्कृतिक सहकार्यका उपमहासचिव रन चिकाङले पुस्तक विमोचन समारोहमा उपस्थित भएर बोल्न पाउँदा खुशी लागेको बताए ।

७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गर्नु निकै कठिन कार्य भएको बताउँदै उनले यो काम सम्पन्न गरेकामा नेपाल-चीन मिडिया मञ्च र यसका अध्यक्ष किशोर श्रेष्ठलाई बधाई दिए ।

कार्यक्रममा नेपाल चीन मिडिया मञ्चका अध्यक्ष श्रेष्ठले नेपालमा पुस्तक प्रकाशन गरेर चीनमा आएर विमोचन गर्न पाउनु नै नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र यो पुस्तकको सफलता रहेको बताए।

चीनका निकै टाढाका प्रान्तबाट पनि कार्यक्रममा उपस्थित भएर सफल बनाउन सहयोग गर्ने चिनियाँ विज्ञप्रति उनले आभार प्रकट गरे ।

कार्यक्रमको अन्त्यमा प्रश्नोत्तरसहित छलफल भएको थियो भने नेपाली कला र साहित्य मन पराउने सुहाउले कविता वाचन पनि गरे ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सका अवसरमा प्रकाशित यस पुस्तकमा दुई देशबीचका भएका सन्धिसम्झौतासँगै विविध आयामलाई समेटिएको छ।

नेपालको पूर्वाधार विकासमा चीनले गरेको सहयोगको विवरण केलाउँदै नेपाल राष्ट्र बैंक स्थापनामा चीनले दिएको अनुदानले मेरूदण्डको काम गरेको कुरा पनि उजागर गरेको छ।

विगत ७० वर्षमा चीनले नेपालमा लगानी गरेको तथ्य समेट्दै नेपालको भौतिक पूर्वाधार विकासमा चीनको योगदानको समालोचना पनि यस पुस्तकमा गरिएको छ।

यस पुस्तकका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले २ खर्ब २४ अर्ब रूपैयाँभन्दा बढी विदेशी मुद्रा नेपालको २ हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा लगानी गरेका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ०७ बजे

साताको कार्टुन : रास्वपा घण्टीको मिलन !

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।