सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु « Khabarhub

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको व्यापार सुरु भएको छ । किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । 

वर्षभरि पालिएका खसीबोका बिक्री गरेर किसानले दसैँ, तिहार जस्ता मुख्य चाडपर्वको खर्च टार्ने गर्दछन् । खाँदबारीमा शनिबार र बुधबार साताको दुई दिन साप्ताहिक हाट लाग्ने भएकाले खसीबोका बिक्रीका लागि यहाँ ल्याउने गरिएको किसान बताउँछन् ।

बजारमा माग बढी हुन थालेपछि खसीबोका बिक्रीमा समस्या नभएको किसानको भनाइ छ । खसीबोका पालन गर्ने किसानलाई जीविकोपार्जनका साथै दसैँ, तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गरिन्छ ।

साप्ताहिक हाटबजारमा पुर्‍याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । जिल्लाबाट काठमाडौँसहित देशका प्रमुख सहरमा यसअघिका दसैँमा जसरी नै यो वर्ष पनि खसीबोका लैजाने गरिएको यहाँस्थित पशु सेवा  विज्ञ केन्द्रले जनाएको छ ।

खसीबोका किन्न व्यापारी आफैँ किसानको घरघरमा पुग्न थालेपछि बिक्रीमा थप सहज भएको केन्द्रका प्रमुख हिमालय पोखरेलले बताए।

जिल्लाबाट गतवर्ष दसैँमा करिब रु ७५ लाख बढीको खसीबोका बिक्री भएको प्रमुख पोखरेलले जानकारी दिए । यहाँका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा बिक्री हुने गरेको उनले बताए।

 पछिल्लो समय माग बढेसँगै किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्न भएकाले जिल्लाका किसान उत्साहित भएका छन् ।
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ६ : ०८ बजे

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ