आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ शुक्ल पक्षको एकादशी तिथि ।  तदनुसार सन् २०२६ जनवरी २९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । साथीको साथ मिल्नेछ ।

वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : मन शान्त बन्नेछ । स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा कमाउने योग छ ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम गर्ने दिन तय हुनेछ । स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ । साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ । राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रबाट नाफा हुनेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ । आजको दिन शिक्षामा राम्रो रहेको छ ।

कन्या : साना कुराले पनि झन्झट उत्पन्न हुनेछ । बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ ।

तुला : दैनिक काम सहजै बन्नेछन् । पुराना रोगले सताउने छ । दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ ।

धनु : शुभ दिन छ । साथीभाइसँग सहकार्य हुनेछ । पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ । परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ ।

मकर : मन अशान्त बन्नेछ । सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । संकटमा साथीको साथ मिल्नेछ ।

मीन : मन अशान्त बन्नसक्छ । शिक्षामा मेहिनेतको खाँचो देखिन्छ । परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : २८ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै