इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने प्रस्तावको रुसद्वारा आलोचना | Khabarhub Khabarhub

इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने प्रस्तावको रुसद्वारा आलोचना


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले शनिबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक कार्यक्रमलाई लिएर इरानमाथि पुनः आर्थिक प्रतिबन्ध लगाउने प्रस्तावको आलोचना गरेको छ ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रुसी पक्षले बारम्बार सम्झौतामा सहभागी युरोपेली देशहरूको उत्तेजक र गैरकानुनी प्रकृतिलाई औंल्याएको छ ।”

संयुक्त बृहत् कार्य योजना -जेसिपिओए_ भनेर चिनिने सन् २०१५ मा अमेरिकासहित विश्वका शक्ति राष्ट्रहरू भएको सम्झौतामा अमेरिका, चीन, फ्रान्स, रूस, बेलायत र जर्मनीसमेत सहभागी भएका थिए । सम्झौताले इरानलाई संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धबाट राहत दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सन् २०१८ मा वासिङ्टनले अमेरिका सम्झौताबाट फिर्ता भएको घोषणा गरेपछि इरानले पनि क्रमिकरूपमा सम्झौताअन्तर्गत गरेका प्रतिबद्धताबाट पछि हटेको थियो । युरोपेली दबाबपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागू गर्न मतदान गरेको थियो ।

रुसी मन्त्रालयले भनेको छ, “यी कार्यहरूको कूटनीतिसँग कुनै सम्बन्ध छैन र यसले इरानको आणविक कार्यक्रमलाई लिएर तनावलाई अझ बढाउँछ।”अगस्टमा मस्कोले आफ्नो प्रमुख सहयोगी इरानमाथि पुनः प्रतिबन्ध लगाउँदा ‘अपूरणीय परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको थियो ।

रुस पश्चिमबाट टाढा हुँदै गएपछि तेहरान र मस्कोले विगत एक दशकदेखि राजनीतिक, सैन्य र आर्थिक सम्बन्धलाई बलियो बनाइरहेका छन् ।रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि दुई देशबीचको सम्बन्ध अझ घनिष्ठ भएको देखिन्छ । यद्यपि, इरानविरूद्ध इजरायलले गरेको १२ दिने आक्रमणमा रूस तटस्थ बसेको थियो ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले शुक्रबार नै प्रतिबन्ध फिर्र्ता रोक्नका लागि युरोपेली शक्तिहरूसामु ’निष्पक्ष र सन्तुलित’ प्रस्ताव राखेको atfPsf 5g\ ।

“हामी -इरान_लाई अब वार्ताका लागि कदम चाल्न आग्रह गर्दछौं,” बेलायती राजदूत बारबरा वुडवार्डले प्रतिबन्धको वर्तमान निलम्बनलाई लम्ब्याउने प्रस्तावको विपक्षमा मतदान गरेपछि eg] । अर्को हप्ता सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू न्यूयोर्कमा भेला हुने संयुक्त राष्ट्रसङ्घको महासभामा कूटनीतिका लागि ढोका खुला राखिएको pgn] atfPsf 5g\ .

मतदानअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इजरायली टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यो महिनाको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय नाकाबन्दी पुनःस्थापित हुने आफूले अपेक्षा गरेको atfPsf lyP . संयुक्त राष्ट्रसङ्घका लागि फ्रान्सेली राजदूतले भने शुक्रबार वार्ताको माध्यमबाट समाधानको विकल्प टेबलमा रहेको atfPsf lyP .

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ७ : २० बजे

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर

आन्दोलनका क्रममा भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार

काठमाडौं – ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार

जलेको घर हेर्दै राधिकाले भनिन् : सङ्ग्रहालय छोडेर जाने मन थियो, खरानी छोडेर जानु पर्ने भयो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

मर्सिसाइड डर्बीमा लिभरपुलको जित, एभरटन २–१ ले पराजित

लिभरपुल – इंग्लिस प्रिमियर लिगको प्रतिष्ठित मर्सिसाइड डर्बीमा लिभरपुलले एभरटनमाथि