नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल « Khabarhub

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। शुक्रबार साँझ तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरो हटाउने काम शनिबार दिनभर चले पनि सफल हुन सकेन।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, आज दिनभर पहिरो पन्छाउने प्रयास भइरहेका बेला फेरि ठूला ढुंगा र लेदो खसेर काम गर्न कठिन भएको हो। “एक्साभेटरमा क्षति हुने अवस्था देखिएपछि र रातको समयमा जोखिम बढ्ने भएकाले प्रमुख जिल्ला अधिकारीको अनुरोधमा काम भोलि बिहान ३ बजेसम्मका लागि स्थगित गरिएको छ,” उनले जानकारी दिए।

विभागले दिएको विवरणअनुसार, शनिबार बिहान ७:४० बजे पुनः ठूलो पहिरो खस्दा करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा सडक ढाकिएको छ। करिब ७० मिटर माथिबाट निरन्तर ढुंगा खसिरहेकाले तत्काल सडक खुलाउने सम्भावना कमजोर भएको विभागले जनाएको छ।

हाल प्राविधिक टोली घटनास्थलमै तैनाथ रहेको र अवस्था सामान्य भएसँगै सडक खोल्ने काम सुरु गर्ने तयारी भएको बताइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : २० बजे

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ