आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २० तारिख। लक्ष्मी पूजा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ । परिवारको साथ सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा भने घाटा हुनेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ । मित्र बढ्नेछन् । महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ । धर्मकर्ममा मन जानेछ । शनिको कारण मन अस्थिर बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथमा घुमघामको अवसर मिल्नेछ ।

कन्या : दिन राम्रो छ । तपाईंको प्रतिभाको सम्मान हुनेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ योजना बन्नेछन् ।

तुला : दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला । हरेक काममा परिवारको सहयोग मिल्नेछ ।

वृश्चिक : दिन राम्रो छ । साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोग मिल्नेछ । धर्मकर्ममा मन जानेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

धनु : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ । परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ ।

मकर : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्छ । बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ ।

मीन : दिन सामान्य राम्रो छ । कारोबारमा नाफा हुनेछ । थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ५ : ०९ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा