आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक ३ गते सोमबारको राशिफल


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ३ गते सोमबार। कात्तिक कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २० तारिख। लक्ष्मी पूजा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

मिथुन : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ । परिवारको साथ सहयोग मिल्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ । व्यापारमा भने घाटा हुनेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ । मित्र बढ्नेछन् । महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : दिन राम्रो छ । साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ । धर्मकर्ममा मन जानेछ । शनिको कारण मन अस्थिर बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथमा घुमघामको अवसर मिल्नेछ ।

कन्या : दिन राम्रो छ । तपाईंको प्रतिभाको सम्मान हुनेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ । नयाँ योजना बन्नेछन् ।

तुला : दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ । शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला । हरेक काममा परिवारको सहयोग मिल्नेछ ।

वृश्चिक : दिन राम्रो छ । साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ । परिवारको साथ सहयोग मिल्नेछ । धर्मकर्ममा मन जानेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ ।

धनु : दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ । स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ । परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ ।

मकर : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्छ । बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ ।

मीन : दिन सामान्य राम्रो छ । कारोबारमा नाफा हुनेछ । थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ५ : ०९ बजे

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको

युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड

एजेन्सी– थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा 

पोखरा– नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

एजेन्सी– पाकिस्तानको एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका

अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइने 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय