चीन जाने तेक्वान्दो टोलीको बिदाइ « Khabarhub

चीन जाने तेक्वान्दो टोलीको बिदाइ


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ। विश्व तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ आइबार नेपाल तेक्वान्दो संघले गरेको हो।

नेपाली टोलीले चीनको उक्सीमा अक्टुबर २४ देखि ३० तारिखसम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४)मा सहभागीता जनाउँदै छ।

नोभेम्बर २ देखि ४ तारिखसम्म चीनको उक्सीमा सञ्चालन हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्योलेन्स (जी २)मा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो।

विश्व च्याम्पियनसिप र ग्रान्ड स्ल्याम च्यालेन्स प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई नेपाल तेक्वान्दो संघको सल्लाहाकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले तेक्वान्दो संघमा विदाई गरेका छन्।

प्रतियोगितामा पुरुष खेलाडीहरु क्रमश सुमित विष्ट (५८ केजी), आशिष भण्डारी (७४ केजी), अफ्ताब आलम (५४ केजी), सुगन श्रेष्ठ (६८ केजी), अरुण टमाटा (६३ केजी) र अभिषेक बराल (८० केजी) रहेका छन् भने महिला खेलाडीहरु क्रमश सन्तोषी राई (४६ केजी) र ईशा महतो (४९ केजी) लगायत प्रशिक्षक सयद हसन रेजालाई रहेका छन्।

प्रतियोगिताका लागि प्रशिक्षक तथा खेलाडीहरु कार्तिक ३ गते चीनतर्फ प्रस्थान हुने कार्यक्रम रहेको छ।

वर्ल्ड तेक्वान्दोको साधारण सभामा नेपाल तेक्वान्दो संघको तर्फबाट संघका अध्यक्ष दीपराज गुरुङ्ग, संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी सहभागीताका लागि कार्तिक ४ गते चीनतर्फ प्रस्थान रहने नेपाल तेक्वान्दो संघले जानकारी गराएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : ०३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त