परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे « Khabarhub

परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपड़ा र उनका पति राजनीतिज्ञ राघव चढ्ढा अभिभावक बनेका छन् । उनीहरूले आफ्नो पहिलो सन्तानको स्वागत गर्दै जीवनको नयाँ र सुन्दर अध्याय सुरु गरेका छन् ।

परिणीति चोपड़ा र उनका पति राघव चढ्ढाले आइतबार इन्स्टाग्राममार्फत साझा गरेको फोटो पोस्टमा लेखेको थियो कि, ‘उनी अन्ततः आएका छन्  हाम्रा सानो छोरा ! अहिले हामीलाई जीवन यसअघि कस्तो थियो भन्ने सम्झन पनि गाह्रो भइरहेको छ । हाम्रा हातहरू भरिएका छन् र हृदय अझ बढी भरिएका छन् । पहिले हामीसँग एक–अर्का मात्र थियौँ, तर अब हामीसँग सबै कुरा छ ।’

परिणीति र राघवको प्रेमकथा सधैँ मिडिया र प्रशंसकहरूको ध्यानको केन्द्रमा रहँदै आएको छ । यो जोडीले पहिलोपटक मे २०२३ मा नयाँ दिल्लीको ऐतिहासिक कपूरथला हाउसमा आफ्नो सगाई गरेका थिए । त्यसपछि, उनीहरूले सेप्टेम्बर २०२३ मा राजस्थानको उदयपुरस्थित द लीला प्यालेसमा भव्य विवाह समारोह सम्पन्न गरे, जसमा बलिउडदेखि राजनीतिक जगतसम्मका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो ।

यो वर्ष, अगस्ट २०२५ मा, परिणीति र राघवले आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेको घोषणा गरेका थिए उक्त घोषणा पनि इन्स्टाग्राममार्फ नै  गरिएको थियो । जहाँ उनीहरूले सेतो र सुनौलो रंगको केक पोस्ट गरेका थिए । केकमाथि लेखिएको थियो ‘१ + १ = ३ ‘, र सँगै स–साना बेबी फुटप्रिन्टहरू पनि देखिएका थिए ।

यो समाचार सार्वजनिक भए लगत्तै, बलिउडका कलाकारदेखि राजनीतिक व्यक्तित्वसम्मले उनीहरूलाई शुभकामना र बधाइका सन्देश पठाएका छन् । प्रशंसकहरूले पनि सोशल मिडिया भरि “#परिणीतिराघव” ट्रेन्ड गराउँदै, नव–अभिभावकलाई माया र शुभकामना व्यक्त गरिरहेका छन्  । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ११ : ५४ बजे

ओलीलाई जाँचबुझ आयोगले भन्यो- बयानका लागि पत्र काट्दैछौँ, नआए त्यतिबेलै कुरा हुन्छ

काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट