परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे « Khabarhub

परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपड़ा र उनका पति राजनीतिज्ञ राघव चढ्ढा अभिभावक बनेका छन् । उनीहरूले आफ्नो पहिलो सन्तानको स्वागत गर्दै जीवनको नयाँ र सुन्दर अध्याय सुरु गरेका छन् ।

परिणीति चोपड़ा र उनका पति राघव चढ्ढाले आइतबार इन्स्टाग्राममार्फत साझा गरेको फोटो पोस्टमा लेखेको थियो कि, ‘उनी अन्ततः आएका छन्  हाम्रा सानो छोरा ! अहिले हामीलाई जीवन यसअघि कस्तो थियो भन्ने सम्झन पनि गाह्रो भइरहेको छ । हाम्रा हातहरू भरिएका छन् र हृदय अझ बढी भरिएका छन् । पहिले हामीसँग एक–अर्का मात्र थियौँ, तर अब हामीसँग सबै कुरा छ ।’

परिणीति र राघवको प्रेमकथा सधैँ मिडिया र प्रशंसकहरूको ध्यानको केन्द्रमा रहँदै आएको छ । यो जोडीले पहिलोपटक मे २०२३ मा नयाँ दिल्लीको ऐतिहासिक कपूरथला हाउसमा आफ्नो सगाई गरेका थिए । त्यसपछि, उनीहरूले सेप्टेम्बर २०२३ मा राजस्थानको उदयपुरस्थित द लीला प्यालेसमा भव्य विवाह समारोह सम्पन्न गरे, जसमा बलिउडदेखि राजनीतिक जगतसम्मका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो ।

यो वर्ष, अगस्ट २०२५ मा, परिणीति र राघवले आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेको घोषणा गरेका थिए उक्त घोषणा पनि इन्स्टाग्राममार्फ नै  गरिएको थियो । जहाँ उनीहरूले सेतो र सुनौलो रंगको केक पोस्ट गरेका थिए । केकमाथि लेखिएको थियो ‘१ + १ = ३ ‘, र सँगै स–साना बेबी फुटप्रिन्टहरू पनि देखिएका थिए ।

यो समाचार सार्वजनिक भए लगत्तै, बलिउडका कलाकारदेखि राजनीतिक व्यक्तित्वसम्मले उनीहरूलाई शुभकामना र बधाइका सन्देश पठाएका छन् । प्रशंसकहरूले पनि सोशल मिडिया भरि “#परिणीतिराघव” ट्रेन्ड गराउँदै, नव–अभिभावकलाई माया र शुभकामना व्यक्त गरिरहेका छन्  । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ११ : ५४ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको