जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा | Khabarhub Khabarhub

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

संवेनशील घडीमा नेतृत्व नहुँदा सेवा प्रभावित


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा कुनै क्षति पुर्‍याइएको पाइँदैन । नेपालमै पनि १० वर्ष लामो माओवादी जनयुद्धमा हजारौँ मानिस मारिए । थुप्रै संरचना, मठ मन्दिर, विद्यालय, विभिन्न सरकारी कार्यालयहरू जलाइए तथा तोडफोड गरिए पनि स्वास्थ्यमा कुनै किसिमको हानी नोक्सानी भएन । 

तर गत भदौ २४ गते भएको दुई दिनको हिंसात्मक प्रदर्शन क्रममा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार सँगसँगै स्वास्थ्य मन्त्रालय पनि आगजनीमा पर्‍यो । जसबाट स्वास्थ्य संरचनासँगै नेपालको स्वास्थ्य नीति र प्रशासनिक काम समेत प्रभावित भयो । एकातिर आन्दोलन हिंसात्मक बन्दा हजारौँ मानिस घाइते भएर अस्पतालमा छट्पटाइरहेका थिए भने आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने जिम्मा लिएको स्वास्थ्य मन्त्रालय आफैँ घाइते अवस्थामा थियो । 

आन्दोलनको राप, तापसँगै अघिल्लो सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिनुपर्ने अवस्था आयो । नेतृत्व र संरचनाविहीन मन्त्रालयले केही दिन काम नै गर्न सकेन । तर आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार लगायत अत्यावश्यक काम भने घरमै बसेर भर्चुअल माध्यमबाट पनि गरिएको मन्त्रालयका सूचना अधिकारी भक्तबहादुर केसीले बताए ।

सूचना अधिकारी केसीले भने स्वास्थ्य मन्त्रालयमा गरिएको आगजनीले स्वास्थ्यका सम्पूर्ण काम प्रभावित भए भन्ने गलत बुझाई छ । हो महत्त्वपूर्ण डकुमेन्ट र आइटी सर्भर नष्ट हुँदा केही नीतिगत र प्रशासनिक काम प्रभावित भएका छन् । तर स्वास्थ्य सेवामा कुनै प्रभाव परेको छैन । 

मन्त्रालयका धेरै नीतिगत काम प्रदेश तथा स्थानीय सरकारमार्फत पनि गर्न सकिने व्यवस्था रहेकाले स्वास्थ्य प्रवाहमा समस्या नभएको उनले बताए । 

एनएचआरसीको भवनबाट सेवा दिँदै मन्त्रालय 

मन्त्रालय जलेर खरानी भएपछि केही दिन काम रोकिए पनि मन्त्रालय परिसरमै रहेको स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट काम सुरु गरिएको छ । 

जहाँ सचिव, सहसचिव प्रवक्ता लगायत सबै व्यक्तित्वहरू एकै ठाउँमा बसेर काम गरिरहेका छन् । आन्दोलनका घाइतेहरूको उपचार, खोप कार्यक्रम लगायत अत्यावश्यक काम भइरहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । 

डा. बुढाथोकीले भने अन्य कामहरू त भइरहेको छ तर हामीसँग उपलब्ध रेकर्डहरू सबै जलेर नष्ट भएकाले सेवाग्राहीलाई भने निवेदन ल्याउँदा सक्कली डकुमेन्ट पनि ल्याउनुपर्ने बाध्यता रहेको छ ।
 
‘साँघुरो वातावरणमा काम गर्नु परेका कारण कठिनाइ अवश्य छ । अहिले चाडपर्वको समय भएकाले पनि सेवाग्राहीहरू कमै आउँछन् र आएका सेवाग्राहीलाई सेवा दिइरहेका छौँ’ उनले भने । 

क्षतिको विवरण संकलन हुँदै 

आगजनीबाट मन्त्रालय परिसरमा पार्किङमा रहेका २४ वटा गाडी र १८ वटा मोटरसाइकल जलेका छन् भने तीन वटा निजी गाडी जलेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सूचना अधिकारी केसीका अनुसार भवन भित्रको कुनै पनि फर्निचरदेखि फाइल कागजपत्र, कम्प्युटर, प्रिन्टिङलगायत सरकारी कामकाजमा आउने अभिलेख बाँकी छैन ।

मन्त्रालयमा पाँच वटा महाशाखा र २० वटा शाखा सञ्चालनमा थिए मन्त्रालय हातामा रहेको स्वास्थ्य आपत्कालीन केन्द्र पनि पूर्णतः जलेको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार आइटीका सर्भरहरू, महत्त्वपूर्ण डकुमेन्ट तथा पुराना फाइलहरू सबै  जल्दा प्रक्रियामा रहेका काम फेरि सुरु गर्नुपर्ने अवस्था छ आगजनीबाट भएको क्षतिबारे अनुसन्धान चलिरहेको छ । 

‘प्रशासनले मुचुल्का उठाएर जलेका सवारी साधन कस्ता थिए ? कति मूल्य बराबरका थिए ? अन्य फार्निचर तथा कम्प्युटर, ल्यापटप लगायतका सामाग्रीबाट कति रकम बराबरको क्षति भयो ? त्यसबारे डाटा लिने काम भइरहेको छ ।’ उनले भने । 

पुन निर्माणको काम के भइरहेको छ ?  

तत्कालका लागि आकस्मिक रूपमा एनएचआरसीको भवनमा मन्त्रालय सरे पनि मन्त्रालयको आफ्नै भवन आवश्यक रहेको कर्मचारीहरू बताउँछन् । 

तर पुरानो मन्त्रालय पूर्ण रूपमा जलेर नष्ट भएकाले सोही ठाउँमा पुन निर्माण कि पुनर्स्थापना गर्ने भन्ने बारेमा अन्योल रहेको छ । सिंहदरबारभित्रै मन्त्रालय सार्नुपर्ने माग कर्मचारीहरूको रहेको छ । 

आर्किटेक्ट प्रविधिबाट आजभन्दा ६० वर्ष अगाडी बनेको उक्त भवन आगजनीपछि प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको नेपाल इञ्जिनियर्स एशोसिएसनले बताइसकेको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १२ : २० बजे

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित