घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन « Khabarhub

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरूले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौँसम्म एक्लै जङ्गलमा बस्ने गोठालाहरूको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याललगायत जङ्गली जनावरको आक्रमणबाट बचाएर भेडाबाख्राको सुरक्षा गर्छन् ।

कुकुर बिनाका भेडाबाख्रा, च्याङग्रा, चौरी, गाईभैसीको गोठनै हुँदैनन् । सहरबजारमा सोखका लागि कुकुर पाल्ने गरिए पनि विकट र दूर्गम क्षेत्रका किसानका लागि कुकुर पाल्नु अनिवार्य जस्तै हो । 
    
राति, साँझ र बिहान गोठको वरपर रुगेर पहरा दिने कुकुरले जङ्गली जनावर र चोर आएको थाहा पाएपछि चर्को स्वरमा भुकेर संकेत गर्ने, लखेट्ने तथा भिडेर कृषकलाई सहयोग गर्ने धवलागिरी गाउँपालिका–१ गुर्जाका ८० वर्षीय नरबहादुर छन्त्यालले बताए। 

‘कुकुरबिनाको गोठालाको कल्पनानै गर्न सकिँदैन,’ ६८ वर्षदेखि गोठाला गर्दै आएका नरबहादुरले भने, ‘पशुहरू जङ्गलमा चराउन लैजाँदा उनीहरूको पछिपछि डुल्ने कुकुरले अप्ठ्यारो भिरमा जान दिदैनन् । साँझ पर्न लाग्यो भने खेदेर गोठमा फर्काउँछ । चितुवा, ब्वासो, स्याल देखेपछि भूकेर सूचना दिन्छ । आक्रमण गर्न आउन जङ्गली जनावरलाई भगाउँछन् ।’

पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकीमा भेडापालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुर पुनको गोठको सुरक्षा कुकुरले गर्छन् । ६० वर्षदेखि भेडापालन गर्दै आएका ८३ वर्षीय पुनले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तीन वटा ‘भोटे कुकुर’ पालेको बताए। 

कुकुरको सहयोग बिना गोठाला एक्लैले सयौँको सङ्ख्यामा रहेका गाई, भैँसी, भेडाबाख्रा, च्याङग्राको रेखदेख गर्न नसक्ने भएकाले कुकुरलाई गोठालाको बफादार सहयोगी मान्ने गरिएको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए। 

म्याग्दी, मुस्ताङ र ढोरपाटनका गोठालाहरूले तीस किलोग्रामभन्दा बढी तौल हुने, अग्ला र ठूला शरीर भएका देख्दै डरलाग्दा कम्तिमा दुई वटा ‘भोटे कुकुर’ पालेका हुन्छन् । यस्ता कुकुरको छाउरालाइनै प्रतिगोटा रु १० हजारभन्दा बढी मूल्य पर्छ । 

आफ्ना मालिकलाई माया गर्ने, जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकीलाई सजिलो र सुरक्षित बनाएको कृषक नेत्रप्रसाद राम्जालीले बताए।  

बिहान र बेलुका पिठोको खोलेका साथै भेडाको दूध र मासु गोठमा पालिने कुकुरका खाना हुन् । एक ठाउँमा १० देखि १५ दिन गोठ राखेर वरपरका खर्क र जङ्गलको घाँस खुवाएपछि अर्को ठाउँमा सार्ने चलन छ । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाभर २०० बढी गोठमा २० हजारको सङ्ख्यामा बरुवाल र भ्याङलुङ जातका भेडा पालिएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १ : २५ बजे

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज