जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ « Khabarhub

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी : पुटिनका सर्त स्वीकार नगरे रूसले युक्रेन ध्वस्त बनाउँछ


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई रूसका सर्त स्वीकार गर्न आग्रह गरेका छन्।

उनले चेतावनीको भाषामा यदि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सर्त नमाने रूसले युक्रेनलाई ध्वस्त पार्ने बताएका छन् ।

यो कुराबारेको समाचार फाइनान्सियल टाइम्सले आइतबार छापेको छ । रिपोर्टका अनुसार शुक्रबार व्हाइट हाउसमा बन्द ढोकाभित्र भएको गोप्य बैठकमा ट्रम्पले जेलेन्स्कीलाई पूर्वी डोनबास क्षेत्र रूसलाई सुम्पिन सुझाएका थिए।

बैठकका क्रममा ट्रम्पले युक्रेनी सैन्य मोर्चाका नक्शासमेत टेबलमा फ्याँकेका थिए। बैठक केही क्षणमा झगडाझैँ माहोलमा पुगेको बताइएको छ, जहाँ ट्रम्प लगातार आक्रोशमा बोल्दै गालीगलौज समेत गरेका थिए।

रिपोर्ट अनुसार बैठकअघि एक दिन अर्थात् अक्टोबर १६ मा पुटिनले ट्रम्पसँग फोनमा कुरा गर्दै डोनबास क्षेत्र रूसलाई दिने सर्त अघि सारेका थिए।

पुटिनले भनेका थिए, ‘यदि युक्रेनले डोनबास सुम्पिए बदलामा खेरसान र जापोरिजियाका केही भाग युक्रेनलाई फिर्ता दिइनेछ।

यसअघि सन् २०२४ मा पुटिनले सम्पूर्ण डोनबास, खेरसान र जापोरिजियामाथि आफ्नो नियन्त्रणको माग गरेका थिए। तर, अन्त्यमा जेलेन्स्कीले ट्रम्पलाई मनाएर वर्तमान सीमामा युद्ध रोक्ने सहमति गराएको रिपोर्टमा जनाइएको छ।

जेलेन्स्की युद्ध जारी राख्न अमेरिकी हतियार सहयोगको अपेक्षामा व्हाइट हाउस पुगेका थिए। तर राष्ट्रपति ट्रम्प शान्ति सम्झौतामाथि बढी ध्यान दिइरहेका थिए।

जेलेन्स्कीले रूससँगको युद्धका लागि टमहक मिसाइल मागेका थिए । तर ट्रम्प त्यसका लागि तयार भएनन् । भने,‘म चाहन्छु, युक्रेनलाई कहिल्यै टमहकको आवश्यकता नै नपरोस्।’

जेलेन्स्कीले त्यसको बदलामा युक्रेनमा बनेका हजारौँ ड्रोन दिन प्रस्ताव गरे, जसमा ट्रम्पले सहमति जनाए। तर उनले स्पष्ट पारे–युक्रेनलाई लामो दूरीका हतियार दिँदा दुई देशबीचको तनाव अझ बढाउनेछ।

ट्रम्पको दाबी–युद्ध रोक्न सक्छु

बैठकअघि ट्रम्प र जेलेन्स्कीले सञ्चारकर्मीहरूसँग कुरा गरेका थिए। ट्रम्पले पुनः दाबी गर्दै भने, ‘म जेलेन्स्की र पुटिन दुवैसँग कुरा गरेर यो युद्ध समाप्त गर्न सक्छु।’

उनका अनुसार आगामी हप्तामा बुडापेस्टमा हुने सम्मेलनमा उनी पुटिन र जेलेन्स्कीसँग अलग-अलग भेट्नेछन्। तर दुवै राष्ट्राध्यक्षबीच प्रत्यक्ष भेट हुने छैन।

ट्रम्पले आफूलाई मध्यस्थका रूपमा प्रस्तुत गर्दै भने, ‘यी दुवै नेताहरू एक-अर्कालाई मन पराउँदैनन्। तर म चाहन्छु, सबै कुरा ठीक होस्।’

ट्रम्पले भने, ‘हामी आफ्ना हतियार आफैं बनाउँछौं।’ टमहक मिसाइल र ड्रोनको साटासाटबारे ट्रम्पले भने, ‘हामी आफ्ना ड्रोन आफैं बनाउँछौं, तर अरूबाट पनि किन्छौं। युक्रेन उत्कृष्ट ड्रोन बनाउँछ।’

पत्रकारले सोधे– के अमेरिका युक्रेनलाई टॉमहॉक मिसाइल दिनेछ ताकि उसले रूसमाथि हमला गर्न सकोस्?
ट्रम्पले जवाफ दिए, ‘लामो दूरीका हतियार दिनु युद्धलाई थप तनावपूर्ण बनाउनेछ, तर यो विषयमा हामी छलफल गर्न तयार छौं।’

ट्रम्पको टिप्पणी– जेलेन्स्कीले धेरै दुःख भोगेका छन्

ट्रम्पले जेलेन्स्कीको प्रशंसा गर्दै भने, ‘उनले धेरै कठिनाइ झेलेका छन्।’ तर जब उनलाई सोधियो, ‘के शान्ति सम्झौताका लागि युक्रेनले आफ्नो भूमि रूसलाई दिनुपर्ने हो?’, उनले स्पष्ट जवाफ दिएनन्।

उनले भने, ‘युद्ध निकै जटिल छ। तपाईंलाई लाग्छ तपाईं सबै कुरा जान्नुभएको छ, तर वास्तवमा धेरै कुरा थाहा हुँदैन।’

पहिले ट्रम्पले यो विषयमा फरक-फरक बयान दिएका थिए। अगस्टमा उनले युद्ध अन्त्य गर्न भूमि साटासाट आवश्यक हुन सक्ने बताएका थिए । सेप्टेम्बरमा भने उनले युक्रेनले रूसले कब्जा गरेका सबै क्षेत्र फिर्ता लिन सक्ने बताएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १ : ५८ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित