गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन  « Khabarhub

गृहमन्त्री अर्यालले भने- कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन 


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका छन् । 

सोमबार सिंहदरबारमा जेन-जी आन्दोलनका घाइतेसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानुन मान्नुपर्ने भन्दै कानुन भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताएका हुन् । 

उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभई छानबिन आयोगको भएको उनको भनाइ छ ।  त्यस्तै मन्त्री अर्यालले जेन-जी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफूले नभनेको उल्लेख गर्दै हातहतियार सङ्ग्रह गर्ने चाहना राख्ने केही दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पारे ।

 मुलुक हिंसाको नभई अहिंसाबाटै अघि बढ्ने भएकाले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरूमा चेत आउनुपर्ने उनको भनाइ छ । 

अर्यालले  सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको समयमा दीपक खड्का देश बाहिर रहेको र अन्तर्वार्ता प्रकाशित भएका बेला स्वदेश फर्किएको दाबी समेत गरे । यसबारे स्वयं खड्कालाई नै प्रश्न गर्न उनले सञ्चारकर्मीलाई सुझाव दिए।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ३३ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र