‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’ « Khabarhub

‘बुडापेस्ट शिखर सम्मेलनमा पुटिन र ट्रम्प सहभागी हुन सक्ने सम्भावना’


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हङ्गेरीमा हुन लागेको बुडापेस्ट शिखर सम्मेलनमा सहभागी हुन सक्ने सम्भावना रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्प र पुटिन दुवैजनाले हङ्गेरीको राजधानी बुडापेस्टमा आगामी केही हप्ताभित्र भेट हुने संकेत दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०२२ मा रूसको आक्रमणबाट सुरु भएको युक्रेन–रूस युद्धको साढे तीन वर्ष लामो द्वन्द्वलाई अन्त्य गर्न शान्ति सम्झौताको पहल गर्दै मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्।

‘यदि मलाई बुडापेस्टमा निमन्त्रणा गरिन्छ भने-चाहे त्यो हामी तीनै राष्ट्रपतिबीचको प्रत्यक्ष भेट होस् वा यसलाई शटल कूटनीति भनिएको ढाँचामार्फत राष्ट्रपति ट्रम्पले पुटिन र मलाई छुट्टाछुट्टै भेट्नुहोनस्-कुनै न कुनै स्वरूपमा सहमति खोजिनेछ’, जेलेन्स्कीले सोमबार पत्रकारहरूसँग भने ।

उनले हङ्गेरीलाई शिखर सम्मेलनको स्थलका रूपमा छनोट गरिएको विषयमा असन्तुष्टि जनाउँदै त्यस मुलुकको युक्रेनप्रतिको व्यवहारमाथि प्रश्न उठाए । उनले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानप्रति संकेत गर्दै भने, ‘युक्रेनलाई हरेक तहमा अवरोध गर्ने प्रधानमन्त्रीले युक्रेनी जनताको हितका लागि सकारात्मक कदम चाल्ने वा सन्तुलित योगदान दिने विश्वास म गर्न सक्दिनँ ।’

किएभ सरकारले भने यो शिखर वार्ता बुडापेस्टका साथै टर्की, स्विट्जरल्याण्ड वा भ्याटिकनजस्ता तटस्थ मुलुकहरूमा पनि आयोजना गर्न सकिने बताएको छ ।

स्मरण रहोस्, सन् १९९४ मा रूसले बुडापेस्टमै युक्रेन, बेलारुस र कजाकिस्तानसँग एक सम्झौता (बुडापेस्ट ज्ञापनपत्र) गरेको थियो । जसअन्तर्गत सोभियत युगबाट बाँकी रहेका आणविक हतियार त्याग्ने सर्तमा ती देशहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको थियो ।

त्यस सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले टिप्पणी गर्दै भने, ‘अर्को ‘बुडापेस्ट’ परिदृश्य पनि युक्रेनका लागि सकारात्मक नहुने देखिन्छ ।’

यसैबीच, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पुनः प्रवेश गरेपछि युक्रेन–रूसबीचको दीर्घकालीन द्वन्द्वलाई छिटो समाधान गर्ने आफ्नो प्राथमिक लक्ष्य बनाएका छन्। उनले युक्रेनी र रुसी अधिकारीबीच प्रत्यक्ष वार्ता सुरु गर्न दबाब दिँदै पुटिनलाई अलास्कामा शिखर सम्मेलनका लागि आमन्त्रित गरेका थिए, यद्यपि ती कूटनीतिक पहलहरू अहिले सम्म ठोस सफलतामा परिणत भएका छैनन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ४६ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट