तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन « Khabarhub

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व संकलन गरेको छ ।

 भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९  प्रतिशत राजस्व संकलन गरेको हो । 

वीरगञ्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनासम्ममा राजस्व संकलन सन्तोषजनक रहेको बताए। ‘चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व संकलनमा केही वृद्धि देखिएको छ’, उनले भने। 

कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशत अर्थात् १८ अर्ब ४४ करोड संकलन भएको छ ।

भदौमा रु २२ अर्ब  पाँच करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशत अर्थात् २० अर्ब ७२ करोड राजस्व संकलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशत अर्थात्  १९ अर्ब सात करोड राजस्व संकलन भएको छ ।
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ६ : २५ बजे

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको

समाजवादको नयाँ यात्रा सुरु गर्ने अध्यक्ष दाहालको संकल्प

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले ३१औँ