तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन « Khabarhub

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व संकलन गरेको छ ।

 भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९  प्रतिशत राजस्व संकलन गरेको हो । 

वीरगञ्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनासम्ममा राजस्व संकलन सन्तोषजनक रहेको बताए। ‘चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व संकलनमा केही वृद्धि देखिएको छ’, उनले भने। 

कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशत अर्थात् १८ अर्ब ४४ करोड संकलन भएको छ ।

भदौमा रु २२ अर्ब  पाँच करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशत अर्थात् २० अर्ब ७२ करोड राजस्व संकलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशत अर्थात्  १९ अर्ब सात करोड राजस्व संकलन भएको छ ।
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ६ : २५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र