शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन « Khabarhub

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन गरिएको छ ।

आज यहाँ आयोजित कुछ्प तेरङ्गा गुम्बामा यहाँस्थित विभिन्न गुम्बाका लामाहरूद्वारा बुद्ध धर्म परम्पराअनुसार ‘ध्योक्योप’ पूजासहित वेशभूषा र मुकुट लगाएर देव नृत्य प्रदर्शन गरिएको हो ।

गुरु पद्मसम्भव विभिन्न स्वरुपमा प्रकट भएका देवीदेवताको मुकुट लगाएर स्थानीय बौद्ध गुम्बाका लामाले देव नृत्य प्रदर्शन गरेका हुन् । करिब आधा शताब्दीदेखि निरन्तर चल्दैआइरहेको यसप्रकारको पूजा र देव नृत्य प्रदर्शनीले बौद्ध धर्मप्रति आस्था विश्वाश राख्ने भक्तजनलाई धार्मिक मोक्षप्राप्त हुने विश्वास गरिएको छ ।

यस प्रकारको गुरु पद्मसम्भवसँग सम्बन्धित देवीदेवताका नृत्य अवलोकन गर्नाले मरेपछि पनि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । पूजामा लामाहरूले बजाउने ढ्याङ्गोलगायत बाजाका तालमा सामूहिक रूपमा देवीदेवताका नृत्य प्रदर्शन गरेको ठिनी गाउँका स्थानीय नीरज थकालीले बताए ।

ध्योक्योप अवलोकन गर्नाले मानिसहरूको ग्रहदशा हटाउने, अनिष्ट, प्राकृतिक विपद्को रोकथाम गर्ने, अशान्ति र दुःखकष्ठ अन्त्य गराउने जनविश्वाश रहेको छ । ध्योक्योप पूजा र देव नृत्यको माध्यमबाट भक्तलाई भगवान् चिन्न सकोस भन्ने उद्देश्यले यसप्रकारको ध्योक्योप नृत्य बर्सेनि देखाउने प्रचलन रहेको थकालीले बताए ।

ध्योक्योप अवलोकनका लागि जोमसोम, स्याङ, मार्फा, ठिनी, कागबेनीलगायत स्थानबाट नागरिक यहाँ पुगेका थिए ।

मुस्ताङको ढुम्बा, स्याङ र टुकुचेलगायत गुम्बामा बर्सेनि यसप्रकारको ध्योक्योप पूजा र देव नृत्य प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ३९ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।