शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन « Khabarhub

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन गरिएको छ ।

आज यहाँ आयोजित कुछ्प तेरङ्गा गुम्बामा यहाँस्थित विभिन्न गुम्बाका लामाहरूद्वारा बुद्ध धर्म परम्पराअनुसार ‘ध्योक्योप’ पूजासहित वेशभूषा र मुकुट लगाएर देव नृत्य प्रदर्शन गरिएको हो ।

गुरु पद्मसम्भव विभिन्न स्वरुपमा प्रकट भएका देवीदेवताको मुकुट लगाएर स्थानीय बौद्ध गुम्बाका लामाले देव नृत्य प्रदर्शन गरेका हुन् । करिब आधा शताब्दीदेखि निरन्तर चल्दैआइरहेको यसप्रकारको पूजा र देव नृत्य प्रदर्शनीले बौद्ध धर्मप्रति आस्था विश्वाश राख्ने भक्तजनलाई धार्मिक मोक्षप्राप्त हुने विश्वास गरिएको छ ।

यस प्रकारको गुरु पद्मसम्भवसँग सम्बन्धित देवीदेवताका नृत्य अवलोकन गर्नाले मरेपछि पनि स्वर्गमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । पूजामा लामाहरूले बजाउने ढ्याङ्गोलगायत बाजाका तालमा सामूहिक रूपमा देवीदेवताका नृत्य प्रदर्शन गरेको ठिनी गाउँका स्थानीय नीरज थकालीले बताए ।

ध्योक्योप अवलोकन गर्नाले मानिसहरूको ग्रहदशा हटाउने, अनिष्ट, प्राकृतिक विपद्को रोकथाम गर्ने, अशान्ति र दुःखकष्ठ अन्त्य गराउने जनविश्वाश रहेको छ । ध्योक्योप पूजा र देव नृत्यको माध्यमबाट भक्तलाई भगवान् चिन्न सकोस भन्ने उद्देश्यले यसप्रकारको ध्योक्योप नृत्य बर्सेनि देखाउने प्रचलन रहेको थकालीले बताए ।

ध्योक्योप अवलोकनका लागि जोमसोम, स्याङ, मार्फा, ठिनी, कागबेनीलगायत स्थानबाट नागरिक यहाँ पुगेका थिए ।

मुस्ताङको ढुम्बा, स्याङ र टुकुचेलगायत गुम्बामा बर्सेनि यसप्रकारको ध्योक्योप पूजा र देव नृत्य प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ७ : ३९ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने