क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने « Khabarhub

क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा नेपाली समुदायद्वारा गठित नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया र हिन्दु, बुद्धिस्ट अफ फाउन्डेशन क्यानडाका प्रतिनिधिलाई विशेष आमन्त्रण गरेको छ ।

मङ्गलबार ब्रिटिस कोलम्बिया प्रान्तीय सरकारका खनिजमन्त्री जग्रुप बरारले विधान सभामा बोल्दै नेपाली समुदायलाई स्वागत गरेका थिए । उनले नेपालीहरूले कोलम्बियामा गरेको सांस्कृतिक योगदानको प्रशंसा गरे ।

उनले कोलम्बियामा राज्यका विभिन्न शहरमा बस्ने नेपालीले सांस्कृतिक विविधितापूर्ण र समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको बताए ।

प्रदेश सभामा नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया अध्यक्ष भट्टराई, उनकी श्रीमती मधु भट्टराई, हिन्दु, बुद्धिस्ट अफ फाउन्डेशन क्यानडाका परासर मल्ल, राज सिग्देल लगायतलाई स्वागत गरिएको थियो ।

नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बियाका अध्यक्ष राजु भट्टराईले ‘सन् १९५३ मे २९ मा सगरमाथाको प्रथम आरोहण भएको दिनलाई सम्झेर सन् २०२६ मे २९ को दिन नेपाल डे मनाइने प्रस्ताव त्यहाँका मन्त्री र सरकारसँग गर्ने गरेका छन् । सो प्रस्तावलाई मन्त्री बरारले ध्यानपूर्वक सुनेका थिए ।

ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा हुने नेपाल डे मनाउनका लागि अझै दुईवटा छलफल गर्न बाँकी रहेको अध्यक्ष भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले भने, ‘प्रान्तीय सभा र प्रदेश सरकारले आफूहरू (नेपाली समुदाय) लाई दिएको सम्मान र विश्वासले उनीहरु ‘नेपाल डे’ मज्जाले मनाउन तयार छन्, नेपाल डे मनाएपछि नेपाली भाषा, संस्कृतिले सरकारी मान्यता त पाउँछ नै नेपालीको पहिचान पनि मजबुत भएर स्थापित हुनेछ ।’

राज्यको तर्फबाट मान्यता दिइएको ‘नेपाल डे’ हरेक वर्षको मे २९ मा मनाइने छ । ब्रिटिस कोलम्बिया प्रदेश सरकारले सो क्षेत्रमा बस्ने अरु देशका नाममा डे मनाइए तापनि नेपालको डे पहिलो पटक मनाउन थालिएको हो ।

नेपाली समुदायले निजीस्तरबाट नेपाल डे मनाइए तापनि सरकारी आयोजना र समन्वयमा आयोजनामा पहिलो पटक हुन थालेको हो  । २०१३ देखि ब्रिटिस कोलम्बिया राज्यमा बसेर विभिन्न उद्यममार्फत ४० जनालाई रोजगारी दिइरहेका अध्यक्ष भट्टराईसहितको लगातारको पहलले प्रदेश सरकार नेपाल डे मनाउन तयार भएको हो ।

नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बियाले नेपाली समुदायलाई सार्वजनिक रुपमा सोधेर सगरमाथा आरोहणकै दिनलाई नेपाल डे बनाउने तयारी गरेको हो ।

सन् २०२६ नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध ६१ वर्षको पुगेको वर्ष पनि हो त्यसैले पहिलो नेपाल डे को महत्व अझ धेरै हुने अध्यक्ष भट्टराईको भनाइ छ ।

सन् १९६५ जनवरी १८ को दिनमा तत्कालीन नेपालका राजा महेन्द्रको शासनकालमा नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

सन् २०२१ को क्यानडाको जनगणना अनुसार २१ हजार नेपालीको बसोबास छ ।  

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : १७ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न