क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने « Khabarhub

क्यानडाको प्रान्तीय सभामा नेपालीलाई स्वागत, मे २९ मा ‘नेपाल डे’ मनाइने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाको ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा नेपाली समुदायद्वारा गठित नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया र हिन्दु, बुद्धिस्ट अफ फाउन्डेशन क्यानडाका प्रतिनिधिलाई विशेष आमन्त्रण गरेको छ ।

मङ्गलबार ब्रिटिस कोलम्बिया प्रान्तीय सरकारका खनिजमन्त्री जग्रुप बरारले विधान सभामा बोल्दै नेपाली समुदायलाई स्वागत गरेका थिए । उनले नेपालीहरूले कोलम्बियामा गरेको सांस्कृतिक योगदानको प्रशंसा गरे ।

उनले कोलम्बियामा राज्यका विभिन्न शहरमा बस्ने नेपालीले सांस्कृतिक विविधितापूर्ण र समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको बताए ।

प्रदेश सभामा नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बिया अध्यक्ष भट्टराई, उनकी श्रीमती मधु भट्टराई, हिन्दु, बुद्धिस्ट अफ फाउन्डेशन क्यानडाका परासर मल्ल, राज सिग्देल लगायतलाई स्वागत गरिएको थियो ।

नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बियाका अध्यक्ष राजु भट्टराईले ‘सन् १९५३ मे २९ मा सगरमाथाको प्रथम आरोहण भएको दिनलाई सम्झेर सन् २०२६ मे २९ को दिन नेपाल डे मनाइने प्रस्ताव त्यहाँका मन्त्री र सरकारसँग गर्ने गरेका छन् । सो प्रस्तावलाई मन्त्री बरारले ध्यानपूर्वक सुनेका थिए ।

ब्रिटिस कोलम्बिया राज्यको प्रान्तीय सभामा हुने नेपाल डे मनाउनका लागि अझै दुईवटा छलफल गर्न बाँकी रहेको अध्यक्ष भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले भने, ‘प्रान्तीय सभा र प्रदेश सरकारले आफूहरू (नेपाली समुदाय) लाई दिएको सम्मान र विश्वासले उनीहरु ‘नेपाल डे’ मज्जाले मनाउन तयार छन्, नेपाल डे मनाएपछि नेपाली भाषा, संस्कृतिले सरकारी मान्यता त पाउँछ नै नेपालीको पहिचान पनि मजबुत भएर स्थापित हुनेछ ।’

राज्यको तर्फबाट मान्यता दिइएको ‘नेपाल डे’ हरेक वर्षको मे २९ मा मनाइने छ । ब्रिटिस कोलम्बिया प्रदेश सरकारले सो क्षेत्रमा बस्ने अरु देशका नाममा डे मनाइए तापनि नेपालको डे पहिलो पटक मनाउन थालिएको हो ।

नेपाली समुदायले निजीस्तरबाट नेपाल डे मनाइए तापनि सरकारी आयोजना र समन्वयमा आयोजनामा पहिलो पटक हुन थालेको हो  । २०१३ देखि ब्रिटिस कोलम्बिया राज्यमा बसेर विभिन्न उद्यममार्फत ४० जनालाई रोजगारी दिइरहेका अध्यक्ष भट्टराईसहितको लगातारको पहलले प्रदेश सरकार नेपाल डे मनाउन तयार भएको हो ।

नेपाल कल्चर सोसाइटी अफ ब्रिटिस कोलम्बियाले नेपाली समुदायलाई सार्वजनिक रुपमा सोधेर सगरमाथा आरोहणकै दिनलाई नेपाल डे बनाउने तयारी गरेको हो ।

सन् २०२६ नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध ६१ वर्षको पुगेको वर्ष पनि हो त्यसैले पहिलो नेपाल डे को महत्व अझ धेरै हुने अध्यक्ष भट्टराईको भनाइ छ ।

सन् १९६५ जनवरी १८ को दिनमा तत्कालीन नेपालका राजा महेन्द्रको शासनकालमा नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

सन् २०२१ को क्यानडाको जनगणना अनुसार २१ हजार नेपालीको बसोबास छ ।  

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : १७ बजे

रास्वपालाई लाग्यो निर्वाचन, नौ बुँदे निर्णयसहित बनायो तीनवटा कार्यदल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन लागेको आगामी

एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍याे

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४

कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो