कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी  « Khabarhub

कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा विषादी भेटिएको छ । 

अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्याधिक भेटिएको विषादी  विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ । 

भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ भने नवलपरासीबाट बिक्रीका लागि ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको हो । 

१५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी पाइएको समितिले जनाएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । 

यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : १३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले