पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत  « Khabarhub

पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाको खर्च १२.९४ प्रतिशत 

बितेका ३ आर्थिक वर्षको पहिलो चौमासिकमा महानगरपालिकाको खर्च १२ देखि १४ प्रतिशतका बीचमा 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपियाँमध्ये ३ अरब २५ करोड २२ लाख ८४ हजार ६१ रुपियाँ खर्च भएको हो । 

यसमा चालु तर्फको ९ अरब ५६ करोड ३६ लाख २९ हजार रुपियाँ बजेटमा २ अरब १३ करोड ३३ लाख १ हजार ६६१ रुपियाँ र पुँजीगत तर्फ १५ अरब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अरब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपियाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए ।  

यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ । 

३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना हेर्दा २०८०/०८१ मा १२.९ प्रतिशत, २०८१÷०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ । 

गएको वर्ष विनियोजित २५ अरब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अरब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ अर्थात १२.३४ प्रतिशत खर्च भएको थियो । 

विनियोजित रकममा चालुतर्फ १ अरब ८० करोड ५४ लाख ९९ हजार २९० रुपियाँ र पुँजीगततर्फ १ अरब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो ।

यसमा चालुतर्फ ९ अरब ८२ करोड २० लाख ५० हजार ७१८ रुपियाँ र पुँजीगततर्फ १५ अरब ६ करोड ५६ लाख १ हजार २८२ रुपियाँ बजेट विनियोजित थियो । 

यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो ।  

आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अरब १८ करोड ७८ लाख ८२ हजार रुपियाँमध्ये २ अरब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपियाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । 

यस वर्ष चालुतर्फ विनियोजित ९ अरब ३ करोड ६८ लाख २९ हजार ६०७ रुपियाँमा १ अरब ६८ करोड ७ लाख ६९ हजार ५६० रुपियाँ र पुँजीगततर्फ विनियोजित १५ अरब १० करोड १० लाख ५२ हजार ३९३ रुपियाँमा १ अरब २४ करोड ५० लाख २७ हजार ६५३ रुपियाँ खर्च भएको थियो । 

यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२.७८ थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं. ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो । 

यस वर्ष वडाहरूतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च  गर्ने वडाहरूमा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । 

उनका अनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : २६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक