एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब « Khabarhub

एन्फा कम्प्लेक्समा धर्ना दिन पुगे फुटबल क्लब


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूहरूसँग गरेको सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै ए डिभिजन फुटबल क्लबहरूले एन्फा कम्लेक्स अगाडि धर्ना दिएका छन् ।

गत कार्तिक १७ गतेको छलफलमा भएको सहमति अनुसार एन्फा अघि नबढेको भन्दै ए डिभिजन फुटबल क्लबहरूले बिहीबार एन्फा कम्लेक्स अगाडी धर्ना दिएका हुन् । 

उनीहरूले नेपाली फुटबललाई अघि बढाउन एन्फाले ल्याएको प्रस्तावलाई बाध्यकारी रूपमा आफूहरूले स्वीकार गरे पनि अहिले एन्फाले नै उक्त सहमतिलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यो वर्ष पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्ष पुसमा होम एन्ड अवे फम्र्याटमा ए डिभिजन लिग गर्ने सहमति कार्यान्वयनमा एन्फा अग्रसर नभएकाले धर्ना दिइएको बताए ।

उनले आफूहरूसँग गरेको सहमति कार्यान्वयनमा आफूहरूको जोड रहेको भन्दै यस विषयमा खेलकुद मन्त्रालयले समेत ध्यान दिनुपर्ने बताए ।

धर्नामा सहभागीहरूले एक वर्षको फुटबल साइकललाई ४ वर्षसम्म लम्बाउन नहुने, फुटबल दबाबमा होइन, मैदानमा खेलौँ, ८९३ दिनदेखि ए डिभिजन कसको कारणले रोकियो, क्लबको लगानीलाई बेवास्ता नगरौँ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

तस्बिरहरू :

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ११ : ३६ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया