भारतको सहयोगमा निर्मित प्यूठानस्थित दाङवाङ माविको भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा निर्मित प्यूठानस्थित दाङवाङ माविको भवन उद्घाटन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको भारतीय दूतावासका काउन्सिलर गीताञ्जलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी र उनीहरुका अभिभावकको पनि उपस्थित थिए ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवन तथा अन्य संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्यूठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको हो ।

दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयमध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ जसमध्ये लगभग ६० प्रतिशत छात्रा छन् ।

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।


उनीहरूले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्यूठानको दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरिय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन मद्दत गर्नेछ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई मजबुत बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउने दूतावासले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ०६ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर