भारतको सहयोगमा निर्मित प्यूठानस्थित दाङवाङ माविको भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा निर्मित प्यूठानस्थित दाङवाङ माविको भवन उद्घाटन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित दाङवाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको भारतीय दूतावासका काउन्सिलर गीताञ्जलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविलविक्रम शाहले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी र उनीहरुका अभिभावकको पनि उपस्थित थिए ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवन तथा अन्य संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्यूठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको हो ।

दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयमध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ जसमध्ये लगभग ६० प्रतिशत छात्रा छन् ।

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।


उनीहरूले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्यूठानको दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरिय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन मद्दत गर्नेछ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई मजबुत बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउने दूतावासले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ०६ बजे

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र