एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

एमाले सचिवालय बैठक : अध्यक्षमा उठ्ने जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष पोखरेल


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने तालिका छ ।

यस बैठकमा मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशन तयारीबारे छलफल हुनेछ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन लागेको औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक आफू नेतृत्वमा फर्किने तयारी गरिरहेका बेला पोखरेलले उनलाई टक्कर दिन लागेका हुन् । एमालेका एकजना शीर्ष नेताका अनुसार बैठकअघि यसबारे पोखरेल समूह छलफल गरिरहेको छ।

‘आज ईश्वर कमरेडले औपचारिक रुपमा आफू नेतृत्वमा उठ्ने जानकारी सचिवालय बैठकलाई गराउनुहुन्छ । अध्यक्षले अहिलेसम्म म उठ्दिनँ भन्नुभएको छैन । उहाँले जानकारी गराएपछि अध्यक्षको प्रतिक्रिया कस्तो आउला हेर्नेछौँ’, ती नेताले भने, ‘ईश्वर कमरेड उठ्नुहुन्छ, हामी उहाँको पछाडि छौँ। अब उहाँ रोकिने सम्भावना छैन । आगामी ८ गते उहाँले औपचारिक रुपमा उम्मेदवारी घोषणा सभा गर्दै हुनुहुन्छ।’

एमालेका ती नेताका अनुसार पोखरेलले आफ्नो उम्मेदवारीबारे आगामी ८ गते औपचारिक घोषणा गर्दैछन्। पोखरेलले घोषणा गरेपछि अन्य नेता पनि टिममा जोडिँदै जाने छन् ।

‘सम्भव भएसम्म पोखरेलको छुट्टै टिम बनाएर हामी ८ गते नै घोषणा गर्दैछौँ’, उनीनिकट नेताले भने, ‘सकेसम्म त्यस दिन टीमकै घोषणा हुनेछ । यदि त्यसो नभए उहाँले घोषणा गरेर अरू नेता क्रमश: जोडिँदै गएर टीम बन्नेछ ।’

ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरिदिएपछि पोखरेललाई अगाडि सारिएको हो । एमाले नेताहरूका अनुसार पूर्वराष्ट्रपति भण्डारी समर्थक नेताहरूले पोखरेललाई साथ दिँदैछन् । ओलीसँग असन्तुष्ट एक ठाउँमा उभिए महाधिवेशनमा कडा प्रतिस्पर्धाको सम्भावना बलियो छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : १६ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट