भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त « Khabarhub

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।

कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापा बताए। गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको घाँस थक्याउने, कोदो कुट्ने काममा व्यस्त रहेको उनको भनाइ छ । यस वर्ष वर्षातका कारण कोदो लडेकाले टिप्न अलि समस्या रहेको किसानको भनाइ छ ।  

‘गाउँघरमा अहिले कोदो थन्काउने चटारो छ’ उनले भने, ‘व्यवसायिक रूपमा नभएपनि घरायसी आवश्यकता पूरा गर्न कोदो रोप्ने चलन हाम्रो ठाउँमा अझै छ।’ श्रम धेरै लाग्ने र उत्पादन कम हुने भएकाले यसतर्फ किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ। कोदाको मूल्य स्थिर नहुँदा पनि बेचबिखनमा समस्या हुने गरेको किसानहरूको गुनासो छ ।

कोदोबाट रोटी, ढिँडो, केक, पेय पदार्थदेखि विविध परिकार बनाउन सकिने भएकाले यसको माग स्थिर रहँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रमा कोदोखेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा कोदो खेती भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : १८ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित