नोरा फतेही र श्रद्धा कपूरपछि अब ओरीको नाम पनि ड्रग्स केसमा, के हो दाउद इब्राहिमको ‘कनेक्सन’ ? « Khabarhub

नोरा फतेही र श्रद्धा कपूरपछि अब ओरीको नाम पनि ड्रग्स केसमा, के हो दाउद इब्राहिमको ‘कनेक्सन’ ?


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड चलचित्र उद्योगमा ड्रग्स केसको विषय अहिले निकै चर्चामा छ । धेरै सेलिब्रेटीहरू यो केसमा संलग्न भएको आरोपमा परेका छन् ।

केही दिनअघि मुम्बई प्रहरीको एन्टी–नार्कोटिक्स सेलले दुबईमा बसेको ठानिने अण्डरवर्ल्ड डन दाउद इब्राहिमका साथी सलिम डोलाले सञ्चालन गर्दै आएको ठूलो ड्रग्स सिन्डिकेट पर्दाफाश गरेपछि पछिल्लो घटनाक्रम विकास भएको हो ।

दुबईबाट डिपोर्ट भई पक्राउ परेका मोहम्मद सलिम र मोहम्मद सुहैल साइकमाथि अनुसन्धान थालिएको छ ।

उनीहरुमाथि प्रभावशाली सेलिब्रेटी र बलिउड कलाकारहरूका लागि भव्य पार्टी आयोजना गर्ने ड्रग्स डिलरको आरोप छ ।

अनुसन्धान क्रममा साइकले अभिनेत्री तथा डान्सर नोरा फतेही, अभिनेत्री श्रद्धा कपूर र उनका भाइ सिद्धान्त कपूर, फिल्म निर्माता जोडी अब्बास–मस्तान, र्‍यापर लोका, सोशल मिडिया इन्फ्लुएन्सर ओरी र एनसीपी नेता जिशान सिद्दिकी लगायतका नाम समावेश गरेका थिए ।

मुम्बई प्रहरीले सोशल मिडिया इन्फ्लुएन्सर ओरीलाई बयानका लागि आज बिहिबार एन्टी–नार्कोटिक्स सेलमा उपस्थित हुन समन पठाएको छ ।

भारतीय मिडियाका अनुसार ओरीको बयानपछि मात्र अन्य सेलिब्रेटी र राजनीतिक व्यक्तिहरूलाई पनि सोधपुछ गर्नुपर्ने हो कि होइन भन्ने निर्णय हुनेछ ।

यसअघि यसै केसको छानबिनका क्रममा अभिनेत्री तथा डान्सर नोरा फतेहीको नाम पनि बाहिरिएको थियो ।

लामो मौनता तोड्दै नोराले आफ्नो सोशल मिडिया पोस्टमार्फत आफू यस्ता पार्टीमा कहिल्यै सहभागी नभएको बताउँदै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेकी छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : ०२ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले