सिमरा तनाव : जेन-जीलाई कुटेको आरोपमा प्रहरीले समात्यो दुईजना वडाध्यक्ष « Khabarhub

सिमरा तनाव : जेन-जीलाई कुटेको आरोपमा प्रहरीले समात्यो दुईजना वडाध्यक्ष


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाराको सिमरामा बुधबार जे-नजी युवाहरूमाथि कुटपिट गरेको आरोपमा दुईजना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र ६ नम्बर वडाका कैमुध्दिन अन्सारी पक्राउ परेका हुन् । बारामा बुधबार बिहान एमालेका स्थानीय कार्यकर्ता र जेन-जी युवाहरूबीच झडप भएको थियो । 

एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाल राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन परवानीपुरमा आउन लागेको थाहा पाएपछि जेन-जीहरुले सिमरा विमानस्थल घेराउ गरेका थिए । तर, एमाले कार्यकर्ताले उनीहरूलाई मुक्का हानेपछि झडप भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा श्रेष्ठ र अन्सारीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो । उनीहरू दुवैजना २०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : १८ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक