नितिश कुमारले लिए बिहारको मुख्यमन्त्री पदको शपथ « Khabarhub

नितिश कुमारले लिए बिहारको मुख्यमन्त्री पदको शपथ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

पटना- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले बिहीबार इतिहास रच्दै प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका वरिष्ठ नेताहरूको उपस्थितिमा बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

सन् २०२० मा प्रधानमन्त्रीले शपथ समारोहमा भाग लिन नसके पनि यसपटक उनको विशेष उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।

शपथ ग्रहण पटनाको ऐतिहासिक गान्धी मैदानमा सम्पन्न भएको हो । यहाँ नितिश कुमारले सन् २००५, २०१० र २०१५ मा पनि सरकार गठनको घोषणा गरेका थिए । यही स्थान सन् १९७४ मा जयप्रकाश नारायणले ‘पूर्ण क्रान्ति’ को आह्वान गरेको ऐतिहासिक पृष्ठभूमिका कारणले पनि प्रख्यात मानिन्छ ।

कार्यक्रममा एनडिए नेतृत्व गरेका विभिन्न राज्यका मुख्यमन्त्रीहरूको उल्लेख्य उपस्थिति थियो । हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, असमका हिमन्त बिस्वा सरमा, नागाल्यान्डका नेफियू रियो, आन्ध्र प्रदेशका एन. चन्द्रबाबु नायडू, उत्तर प्रदेशका योगी आदित्यनाथ र उत्तराखण्डका पुष्कर सिंह धामीलगायत प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।

बिहारका राज्यपाल आरिफ मोहम्मद खान, एलजेपी (राम विलास) का नेता चिराग पासवानलगायतका प्रमुख व्यक्तित्वहरू पनि समारोहमा उपस्थित थिए ।

बुधबार पटनास्थित आधिकारिक निवासमा आयोजित नयाँ विधायकहरूको बैठकमा जेडीयू विधायक दलले सर्वसम्मतिले नितिश कुमारलाई पहिलो पटक आफ्नो दलको नेताका रूपमा चुनेको थियो । यसपछि एनडीए विधायक दलले पनि आज उनलाई सर्वसम्मतिले नेता चयन गर्दै नयाँ सरकार गठनको बाटो खुला गरेको हो ।

भारतीय जनता पार्टी भाजपाको प्रदेश मुख्यालयमा बसेको बैठकमा सम्राट चौधरी र विजयकुमार सिन्हालाई क्रमशः भाजपाको विधायक दलको नेता तथा उपनेता चयन गरिएको थियो । बिहारमा विधायक दलको नेतृत्व चयनका लागि केन्द्रीय पर्यवेक्षकका रूपमा आएका उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले दुवै नाम प्रस्ताव गरेको थियो, जसलाई बाँकी सांसद तथा विधायकहरूले समर्थन जनाएका थिए ।

सन् २०२५ को बिहार विधानसभा चुनाव नितिश कुमारका लागि ‘लिटमस टेस्ट’ मानिएको थियो । विगत दुई दशकदेखि उनले राज्यको राजनीतिलाई आफ्नो नेतृत्वमा स्थिरता र निरन्तरतासहित अघि बढाउँदै आएको तथ्यलाई मतदाताले फेरि पुष्टि गरेका छन् । ७४ वर्षीय नितिश कुमार २०१४–१५ बीच नौ महिनाको छोटो अवकाश बाहेक सन् २००५ नोभेम्बरदेखि लगातार मुख्यमन्त्री पदमा रहँदै आएको छ ।

यसपटक एनडीएले २४३ मध्ये २०२ सिट जित्दै ऐतिहासिक बहुमत हात पार्‍यो । महागठबन्धन भने ३५ सिटमा सीमित रह्यो । तीन चौथाइ बहुमतसहित एनडिएले राज्यमा विगत १५ वर्षपछि दोहोरो इतिहास बनाएर २०० भन्दा बढी सिट जित्ने उपलब्धि पुनःदोहोर्‍याएको छ । सन् २०१० मा पनि गठबन्धनले २०६ सिट जितेको थियो ।

एनडीएभित्र भाजपाले ८९, जनता दल (युनाइटेड) ले ८५, लोक जनशक्ति पार्टी राम विलासले १९, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर) ले पाँच र राष्ट्रिय लोक मोर्चाले चार सिट जितेका छन् । विपक्षमा आरजेडीले २५, काङ्ग्रेसले छ, सीपीआई एमएल (लिबरेशन) ले दुई, भारतीय समावेशी पार्टीले एक र सीपीआई (एम) ले एक सिट ल्याएका छन् । एआईएमआईएमले पाँच तथा बहुजन समाज पार्टीले एक सिट हासिल गरेका छन् ।

दुई चरणमा नोभेम्बर ६ र ११ मा सम्पन्न भएको बिहार विधानसभा चुनावमा ६७.१३ प्रतिशत मत खसेको थियो । यो सन् १९५१ पछि सबैभन्दा बढी हो । खासगरी महिला मतदाताले ७१.६ प्रतिशत सहभागितासहित पुरुष मतदाताको ६२.८ प्रतिशत सहभागिता पार गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : २२ बजे

प्रभु म्यानेजमेन्टका पूर्वशेयरधनी महाजु हुण्डीसम्बन्धी ठगीमा पक्राउ

काठमाडौं- नेपाल प्रहरीको आर्थिक अपराध अनुसन्धान महाशाखाले प्रभु म्यानेजमेण्ट प्रालिका

पाकिस्तानी सेनाको कारबाहीमा अफगान सीमा क्षेत्रमा २३ आतङ्ककारीको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी

कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी

जुम्लामा दुई मतदान केन्द्र थप्न सिफारिस

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

नेपालगन्ज नाकाबाट ५५ लाख किलो बढी जडीबुटी निर्यात

काठमाडौं– देशको प्रमुख नाका मानिने नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१