सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू « Khabarhub

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

परिस्थिति थप बिग्रन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यू लगाइएका मुख्य क्षेत्रहरू

  • वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म।
  • सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म।

आदेश अवधिभर कसैलाई पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधनहरू र पर्यटकका गाडीहरू चल्न दिइएको छ ।

उता मानव अधिकार तथा कुटनीतिक नियोगका गाडीहरू र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १ : २४ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम