च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा « Khabarhub

च्यासलमा एमाले सचिवालय बैठक, महाधिवेशन तयारी मुख्य एजेन्डा


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ । यो बैठकले मंसिर २७ देखि हुने भनिएको ११ औँ महाधिशेन तयारीबारे आवश्यक निर्णय लिनेछ ।

एमालेमा नयाँ नेतृत्वका लागि कित्ताकाट सुरू भइसकेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।

केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार महाधिवेशनसँगै मङ्सिर ६ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे पनि कुरा हुँदैछ ।

एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिइरहेको छ। एमालेले प्रतिनिधि सभा फर्काउन आन्दोलन थालिसकेको छ। तर एमालेले आन्दोलन थालिरहँदा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरिसकेको छ। आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्नुपर्ने तालिका छ ।

एमालेले ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौँमा गर्न लागेको छ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते देशभर प्रतिनिधि छान्ने कार्यक्रम छ ।

तस्बिरहरू : केपी शर्मा ओलीको सचिवालय

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : ४५ बजे

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि

काठमाडौं महानगरका गौरव र स्वर्णिम योजनाको प्रगति ३ दिनभित्र बुझाउन निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको प्राथमिक योजनाहरू ‘गौरव योजना’ र

भारतले दियो नेपाललाई थप १० वटा बेलीब्रिज

हेटौंडा– भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ

अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम : डब्लूएचओ

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम