पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु « Khabarhub

पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी लक्षित कारबाहीमा २३ जना आतंककारीहरूको मृत्यु भएको जनाएको छ ।

आतंकवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले  विज्ञप्तिमा मार्फत जनाएको छ । ‘पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतंकवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्ने’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इस्लामावादले नियमित रूपमा काबुललाई आतंकवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

 पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतंकवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतंकबादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ । 

यद्देपी आक्रमणको जिम्मेवारी भने  पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ ।

पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् । हाल दुई देशका आपसी सीमाहरू बन्द भएका छन् ।

अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एक–अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : ५९ बजे

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले