पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु « Khabarhub

पाकिस्तानी सेनाको कारबाहीमा २३ आतंककारीको मृत्यु


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतंककारी लक्षित कारबाहीमा २३ जना आतंककारीहरूको मृत्यु भएको जनाएको छ ।

आतंकवादीहरू पाकिस्तानी तालिबान वा यसका सम्बद्ध समूहहरूका भएको सेनाले  विज्ञप्तिमा मार्फत जनाएको छ । ‘पाकिस्तानले देशबाट विदेशी प्रायोजित र समर्थित आतंकवादको खतरा हटाउन सम्पूर्ण प्रयास जारी राख्ने’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इस्लामावादले नियमित रूपमा काबुललाई आतंकवादी समूहहरू, पाकिस्तानमा घातक आक्रमण गर्ने तेहरीक–ए–तालिबान पाकिस्तान ९टिटिपी० लाई शरण दिएको आरोप लगाउदै आइरहेको छ ।

 पाकिस्तानले पछिल्लो समयमा भारतले पनि आतंकवादी समूहहरूलाई समर्थन गरेको दाबी गर्दै आएको छ भने दुवै छिमेकीले कुनै पनि आतंकबादी संलग्नतालाई अस्वीकार गरेका छन् ।

पाकिस्तानले अफगानिस्तानबाट योजना बनाएको भन्दै गत हप्ता इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती बम विस्फोटमा १२ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएपछि छापा मारेको जनाइएको छ । 

यद्देपी आक्रमणको जिम्मेवारी भने  पाकिस्तानी तालिबानको एउटा समूहले लिएको छ ।

पछिल्लो समयमा पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध चिस्सियको छ भने गत महिना सीमापार झडपले खराब लडाइँ निम्त्याएको थियो । एक हप्तासम्म चलेको द्वन्द्वमा दुवै पक्षका ७० जना भन्दा बढी मानिस मारिएका छन् । हाल दुई देशका आपसी सीमाहरू बन्द भएका छन् ।

अन्ततः दुई दक्षिण एसियाली छिमेकीहरू युद्धविराममा सहमत भए पनि सर्तहरू पालना गर्नमा आएका गतिरोधका लागि एक–अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको