स्वास्थ्यमन्त्रीले भनेजस्तो सजिलो छैन सरकारी अस्पतालको सेवा  « Khabarhub

स्वास्थ्यमन्त्रीले भनेजस्तो सजिलो छैन सरकारी अस्पतालको सेवा 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्यमन्त्रीमा नियुक्त भएको झण्डै १ महिनापछि सरकारी अस्पतालको अनुगमन तथा निरीक्षणमा निस्किएकी डा. सुधा शर्माले ढुक्क भएर सरकारी अस्पतालको सेवा लिन सेवाग्राहीलाई आग्रह गरिन् । 

गत आइतबार र सोमबार कान्ति बाल अस्पताल तथा बीर अस्पतालको निरीक्षण गरेकी मन्त्री गौतमले ‘मैले सोचेभन्दा गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा वीर अस्पतालले दिएको रहेछ । यहाँको स्वास्थ्य सेवा कुनै सुविधा सम्पन्न निजी अस्पतालहरूको भन्दा कम छैन ।’ भन्दै थपिन– ‘त्यसैले पहिले नै निजी अस्पतालमा गएर सबै पैसा सकेर यहाँ आउने होइन, सुरुमा नै सरकारी अस्पताल आएर ढुक्कसँग सेवा लिनुस्’।

तर सरकारी अस्पतालमा सेवा लिनु स्वास्थ्यमन्त्रीले भनेजस्तो सजिलो छ त ? सरकारी अस्पतालमा आउने सेवाग्राहीले टिकट काट्नेदेखि लिएर जटिल उपचार शल्यक्रिया सम्ममा विभिन्न समस्याहरू झेल्नुपरेको गुनासो गर्छन् । 

बिरामीको लाइन घटाउन भन्दै वीर, शिक्षणलगायत धेरै सरकारी अस्पतालहरूले अनलाइन टिकट काट्ने सिष्टम पनि बनाएका छन् । तर बिरामीको लाइन भने घट्न सकेको छैन । 

वीरमा एकै दिन विभागै पिच्छे फरक टिकट 

एउटा बिरामी कुनै समस्या लिएर अस्पताल जाँदा एक दिनमा एउटै टिकटले चेकजाँच हुने नियम प्राय अस्पतालहरूमा हुन्छ । 
तर वीरमा भने विभागैपिच्छे फरक टिकट काट्नुपर्ने झन्झट बिरामीहरूले झेल्दै आएका छन् । जसले गर्दा बिरामीको लाइन घट्नुको साटो झन् बढेको छ । 

अनलाइन टिकट काटेका बिरामीले पनि एक जना डाक्टरलाई देखाइसकेपछि अर्को डाक्टरकोमा जाँदा अर्को टिकट लिनुपर्ने भएपछि अनलाइन टिकट काट्नुको केही अर्थ नरहेको सेवाग्राही बताउँछन् ।

केही महिना अगाडी अस्पतालले यो नियमले सेवाग्राहीलाई असहज भएको मनन गरी एक दिनमा एउटै टिकटबाट आन्तरिक रेफर प्रक्रियामार्फत सेवा दिइने व्यवस्था मिलाएको थियो । अस्पताल प्रशासन त्यो व्यवस्था कायम रहेको र प्रणालीमा सुधार आउन समय लाग्ने बताउँछ । तर उपचारका लागि त्यहाँ पुग्नेहरू टिकटमा झन्झट कायमै रहेको उल्लेख गर्छन् । 

किन हुन्छ यस्तो ? 

अधिकांश सरकारी अस्पतालमा बिरामीको डिजिटल रेकर्ड (इएमआर) नहुनु, अस्पतालका प्रत्येक विभागको आम्दानी छुट्टै देखाउने पुरानो नियममा परिवर्तन नहुनु, लगायतका कारणले यो व्यवस्थामा अपेक्षित  सुधार आउन नसकेको अस्पताल प्रशासन स्विकार्छ । 

तर सरकारी अस्पताल नै भए पनि कान्ति बाल अस्पतालमा भने एउटै टिकटले एक दिनमा फरक फरक विभागमा गएर चेकजाँच गर्न पाउने व्यवस्था रहेको अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसीले बताए ।

खबरहबसंग केसीले भने एउटा विभागको टिकट लिएर भोलि अर्को विभागमा देखाउँछु भन्न नपाइने तर नयाँ टिकट लिएको दिन एउटा विभागको डाक्टरले अर्को विभागमा पठाउँदा टिकटमा लेखेको आधारमा अर्को टिकट नलिएरै चेकजाँच गराउन पाउने व्यवस्था रहेको छ । 

त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पनि सोही व्यवस्था रहेको अस्पताल प्रशासनले बताएको छ । 

के भन्छ मन्त्रालय ?

वीर अस्पतालको यो सिष्टमबारे स्वास्थ्य मन्त्रालय भने बेखबर छ । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले खबरहबसंग सामान्यतया सबै सरकारी अस्पतालको नियम के छ भने कुनै एउटा विभागको टिकट लिएर चेकजाँचका लागि जाँदा उक्त विभागको डाक्टरले अर्को विभागमा पठाउँदा फेरि टिकट लिनु पर्दैन । 
यदि यो कुरा साँचो हो भने मन्त्रालयले यसबारेमा अनुगमन गर्ने डा. बुढाथोकीले बताए । 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ११ बजे

भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा बिहीबार मुद्दा

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट

फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ३ जना

साधारण जोनलाई भीआइपी भनेर टिकट महँगो बनाएपछि…

काठमाडौं– एनपीएल-२: दोस्रो क्वालिफायर खेलमा बिना जानकारी साधारण जोनलाई भिआइपी