कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते « Khabarhub

कर्फ्यूपछि पनि सिमरामा तनाव : ढुंगामुढा गर्दै प्रहरी बिट जलाइयो, कम्तीमा १० जना घाइते


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ । उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

तर उक्त कर्फ्यूको प्रभाव देखिएको छैन । सिमरामा तनाव बढ्दै गएको छ। कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ। प्रहरीमाथि पनि प्रदर्शनकारीले व्यापक ढुंगामुढा गरेका छन् ।

यस क्रममा ४ जना जेन-जी र ६ जना प्रहरी घाइते भएका छन् । सिमरा चोकबाट प्रदर्शनकारी युवाहरूको एक समूह विमानस्थलतर्फ अगाडि बढ्न खोजेपछि स्थानीयबासी रोकेका छन् ।

उता सिमरा बजारस्थित प्रहरीको बिट पनि जेन-जी प्रदर्शनकारीहरूले जलाइदिएका छन् । उता एमाले कार्यालयका सामान बाहिर निकालेर जलाइएको छ।

एमालेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोपसहित जेन-जीका नाममा भएको प्रदर्शन विध्वंशक भएको हो ।

उता जेन-जी बाराका संयाेजक भनिएका सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले संवादबाटै समस्याको समाधान गर्नुपर्ने भन्दै वार्तामा बोलाएका छन् ।






प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  २ : ३५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको