सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक  « Khabarhub

सिमरामा तनावबीच सिंहदरबारमा सुरक्षा परिषद् बैठक 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्।

खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ को निर्वाचन प्रभावित हुन सक्ने आशंका गरिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद् बैठक राखिएको हो ।  
 
बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको छ । बैठकमा पछिल्ला घटनाक्रम, समग्र सुरक्षा स्थिति, निर्वाचनको माहोल र सुरक्षा संस्थाहरूको तयारीबारे समीक्षा हुँदैछ । 

बाराको सिमरामा बुधबारदेखिको झडप र तनावपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। एमालेनिकट युवा संघका कार्यकर्ता र ‘जेन-जी’ समूहबीच भएको झडपपछि बुधबारदेखि कर्फ्यु लगाइएको छ। बिहीबार बिहानैदेखि जेन-जी समूहले कारबाहीको मागसहित आन्दोलन चर्काएपछि कर्फ्यु अवधि राति ८ बजेसम्म थपिएको प्रशासनले जनाएको छ।

सिमराको परिस्थिति र राजनीतिक दलहरूले उठाइरहेको शान्ति, सुरक्षा र विश्वसनीय निर्वाचन वातावरणबारेको चिन्ता बढेपछि प्रधानमन्त्रीले परिषद् बैठक डाकेकी हुन् । यसअघि बुधबार साँझ गृह मन्त्रालयमा सुरक्षाबारेमा प्रारम्भिक बैठक बसेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ३ : ३२ बजे

बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

हकाठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवनका

कीर्तिपुरमा क्रिकेटप्रेमी (तस्बिरहरू)

काठमाडौं–  नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको खेलमा लुम्बिनी लायन्स र

एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा

काठमाडौं- चितवनका रवि बोपाराले लुम्बिनी लायन्सविरुद्धको बिहीबारको खेलमा पनि अर्धशतक

यातायात विभागले अब फेसबुकबाट लाइसेन्सबारे सूचना दिने

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सूचना अब सहज रूपमा

चार विकेट गुमाएपछि दबाबमा चितवन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको